
काठमाडौं ।
भारतीय दूरसञ्चार सेवा प्रदायक कम्पनी एयरटेलले शुक्रबार झुक्किएर आफ्ना केही ग्राहकहरुलई सेवा बन्द गरिएको र आउटगोइङ कल गर्न नमिल्ने मेसेज पठाएको छ।
कम्पनीले यी ग्राहकहरुलाई मेसेजमा आउटगोइङ कल गर्नका लागि रिचार्ज गर्न पनि आग्रह गरेको थियो।
तर पछि उसले ती ग्राहकहरुलाई झुक्किएर मेसेज गएको र कम्पनीको तर्फबाट गल्ती भएको बताएको छ। समाचार संस्था ग्याजेट्स ३६० लाई कम्पनीका अधिकारीले यो मेसेज दिल्ली क्षेत्रका केही ग्राहकलाई गएको र अन्य क्षेत्रका ग्राहकहरुलाई कुनै असर नपारेको प्रस्ट पारेका छन्।
‘तपाईँको आउटगोइङ सेवा बन्द गरिएको छ। फेरि शुरु गर्नका लागि एयरटेल डट इनमा गएर वा *१२१*५१# मार्फत् रिचार्ज गर्नुहोला’, मेसेजमा भनिएको थियो।
यो मेसेज गएको केही घण्टापछि कम्पनीले प्राविधिक कारणवश सेवा बन्द भएको मेसेज आएको हुन सक्ने भन्द जानकारी गराएको थियो। यसबाहेक उसले यसबाट असुविधा पर्न गएका ग्राहकसँग माफी माग्दै उक्त मेसेजलाई इग्नोर गर्न आग्रह पनि गरेको थियो।
प्रकाशित: २४ श्रावण २०७८, आईतवार