
काठमाडौं ।
सोनीले आफ्नो हालै चालु आर्थिक वर्षको पहिलो त्रैमासको प्रतिवेदन सार्वजनिक गरेको छ। उक्त प्रतिवेदनमा कम्पनीले थुप्रै सूचकहरु उल्लेख गरेको छ।
यो अवधिमा पीएस५ को बिक्री १ करोड थानभन्दा बढी भएको छ भने अप्टिकल ड्राइभयुक्त कन्ल बिक्री गरिएको छैन।
कम्पनीले विश्वव्यापी अभावका बावजूद चालु आर्थिक वर्षमा पीएस५ का लागि आवश्यक चिप पर्याप्त सङ्ख्यामा मैज्दात राखेको बताएको छ। उक्त मोज्दात कम्तीमा सन् २०२२ को मार्च महिनासम्म पुग्ने कम्पनीका सीईओ हिरोकी तोतोकीले बताए।
कम्पनीले यो आर्थिक वर्षमा कुल १ करोड ४८ लाख थान पीएस५ बिक्री गर्ने योजना रहेको सीईओ तोतोकीको हवाला दिँदै ट्विनफाइनाइटले जनाएको छ।
पहिलो त्रैमासमा २३ लाख थान पीएस५ बिक्री हुँदै कुल सङ्ख्या १ करोड १ लाख पुगेको थियो। कम्पनीले पर्याप्त चिप ल्याउन सकेको खण्डमा सन् २०२२ को मार्चसम्ममा २ करोड २६ लाख थान पुग्नेछ।
प्रकाशित: २२ श्रावण २०७८, शुक्रबार