ट्विटर स्पेसेजमा अब को-होस्टलाई पनि आमन्त्रण गर्न सकिने

  • Technology Khabar | २२ श्रावण २०७८, शुक्रबार
ट्विटर स्पेसेजमा अब को-होस्टलाई पनि आमन्त्रण गर्न सकिने

काठमाडौं ।

ट्विटरले अब को-होस्टलाई पनि आमन्त्रण गर्न सकिने फिचर ल्याउने भएको छ।

ट्विटरले आफ्ना यूजरहरुका लागि समय समयमा नयाँ नयाँ फिचरहरु थप्ने क्रम जारी छ। केही समयअघि आएको फ्लीट्सले राम्रै प्रदर्शन गरिरहँदा कम्पनीको प्रडक्ट टिमले आफ्नो अडियो प्लेटफर्म स्पेसेजमा फेरि अर्को नयाँ फिचर थप्ने निर्णयमा पुगेको हो।

ट्विटरले क्लबहाउसको नक्कल जस्तो लाग्ने स्पेसेज एप गत वर्ष शुरु गरेको थियो भने गत मार्चसम्ममा ६०० फलोअर भएका सबैका लागि उपलब्ध गराएको थियो।

अब भने कम्पनीले स्पेसेजमा होस्टलाई बढीमा २ जना को-होस्ट बनाउन सक्ने र तिनीहरुलाई आमन्त्रणका माध्यमबाट जोड्न मिल्ने सुविधा थप्ने भएको हो।

स्पेसेजले १ जना मुख्य होस्ट, २ जना को-होस्ट र १० जनासम्म वक्ताहरु सहभागी हुन दिन्छ। थपिएका को-होस्टले स्पीकरको रिक्वेस्ट हेर्ने, स्पीकरलाई ट्याप गर्ने तथा जोसुकैलाई स्पेसजमा बुट दिने जस्ता मोडरेशनका काममा सहयोग गर्न सक्नेछन्।

एजेन्सीका साथमा

प्रकाशित: २२ श्रावण २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Huawei’s digital literacy initiative highlighted as key to closing global digital divide

  • Technology Khabar
  • २२ श्रावण २०७८, शुक्रबार