फेसबुकको त्रुटि पत्ता लगाउँदै नौ लाख रुपियाँभन्दा धेरै कमाए अर्यालले

  • Technology Khabar | २२ श्रावण २०७८, शुक्रबार

काठमाडौं ।

फेसबुकमा हुने प्राविधिक त्रुटि पत्ता लगाई पर्वतका युवा सुदीपराज अर्यालले ख्याति कमाउन थालेका छन् । भिमाद नगर पालिका–८, भागर घर भई पोखरास्थित पश्चिमाञ्चल इन्जिनियरिङ कलेजमा अध्ययनरत अर्यालले विभिन्न प्राविधिक समस्याका कारण हैरानी खेप्दै आएका फेसबुक प्रयोगकर्ताका लागि सहजीकरणको काम गर्दै आएका छन् ।

उक्त कामगरे बापत आफूले आम्दानीसमेत गर्दै आएको अर्यालले बताए । इलेक्ट्रोनिक्स इन्जिनियरिङ अध्ययनरत अर्यालले फेसबुकमा देखिने समस्या पहिचान गरी फेसबुक कम्पनीलाई जानकारी गराउँदै आएका छन् ।

फेसबुकलगायतका सामाजिक सञ्जालमा प्रयोगकर्ताको गोपनीयता भङ्ग हुने विभिन्न समस्या पहिचान गरी त्यसको जानकारी फेसबुक कम्पनीलाई गराएपछि नियमित रूपमा पैसा आउने गरेको अर्यालले बताए ।

एक वर्षदेखि यस्तो काम थालेका अर्यालले यो अवधिमा नौ लाख रुपियाँभन्दा बढी कमाइ गरेको बताए । एक वर्षको अवधिमा फेसबुकमा देखिएका १२ वटा समस्या पहिचान गरी फेसबुकलाई जानकारी गराएपछि नौ हजार अमेरिकी डलर आफ्नो खातामा प्राप्त भएको अर्यालले बताए ।

फुर्सदको समय सदुपयोग गरी समस्या पहिचान गर्दा आम्दानी हुन थाले पछि विभिन्न समस्या पत्ता लगाउने कार्यमा खटिन थालेको जानकारी उनले दिए ।

ह्याकरवानलगायतका साइटमा हुने एप्लिकेसनको समस्या पहिचानका लागि विज्ञहरूसँग सहयो गसमे त मागिने भएकाले प्राविधिक ज्ञान हुनेले मनग्गे आम्दानी गर्नसक्ने उनको भनाइ छ ।

भविष्यमा पनि फेसबुकका अतिरिक्त अन्य सामाजिक सञ्चालका त्रुटिहरू पहिचान गरी आम्दानी गर्ने सोचाइ रहेको आर्याल बताउँछन् । गोरखापत्र

प्रकाशित: २२ श्रावण २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया

ताजा समाचार