राउन्ड-ई को फन्डिङमा भारतीय भुक्तानी सेवा ‘भारतपे’ ले उठायो ३७ करोड डलर

  • Technology Khabar | २० श्रावण २०७८, बुधबार
राउन्ड-ई को फन्डिङमा भारतीय भुक्तानी सेवा ‘भारतपे’ ले उठायो ३७ करोड डलर

काठमाडौं ।

भारतीय वित्त प्रविधि कम्पनी भारतपेले नयाँ राउन्डको फाइनान्सिङमा ३७ करोड डलर संकलन गरेको छ।

कम्पनीले आउँदो दुई वर्षमा आफ्नो व्यवसाय उल्लेख्य मात्रामा बढाउने उद्देश्यले अर्थ उपार्जनका लागि यो फाइनान्सिङ कार्यक्रम अगाडि ल्याएको बुझिएको छ।

थुप्रै उच्च स्तरका ग्लोबल लगानीकर्ताहरु दक्षिण एसियाली बजारतिर आकर्षित भएका कारण यो वर्ष यति धेरै रकम उठाउन सफल यो १९ ‌औं भारतीय स्टार्टअप कम्पनी हो।

टाइगर ग्लोबलको नेतृत्वमा सम्पन्न यो नयाँ राउन्ड सिरिज ई को फन्डिङ कार्यक्रममा दिल्लीमा मुख्य कार्यालय रहेको यो कम्पनीको मूल्यांकन २ अर्ब ८५ करोड डलर गरिएको थियो।

ड्रागोनियर इन्भेस्टर ग्रुप र सटिडफास्ट क्यापिटल पनि नयाँ राउन्डमा सहभागी भएकामा यो स्टार्टअपको इक्विटीबापत् ५८ करोड डलर उठ्ती भएको थियो।

यो कम्पनीको गत वर्ष ४२ करोड डलर तथा यसै वर्षको फेब्रुअरीमा भएको राउन्ड डी को फन्डिङमा ९० करोड डलर मूल्यांकन भएको थियो।

भारतपेका सह संस्थापक अश्नीर ग्रोवरले कम्पनीले २५ करोड डलर उठाउने योजना बनाएकोकम लगानीकर्ताहरुको ओइरो लागेकाले केही बढी रकममा गएको बताएका छन्। नयाँ लगानीमा २ करोड डलरको द्वितीयक कारोबार पनि संलग्न हुने बुझिएको छ।

प्रकाशित: २० श्रावण २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार