अब ह्वाट्सएपमा पनि थपियो भ्यू वन्स फोटो एन्ड भिडियो फिचर

  • Technology Khabar | २० श्रावण २०७८, बुधबार
अब ह्वाट्सएपमा पनि थपियो भ्यू वन्स फोटो एन्ड भिडियो फिचर

काठमाडौं ।

फेसबुकले ह्वाट्सएपमा स्न्यापच्याटको जस्तै भ्यू वन्स फोटो एन्ड भिडियो फिचर ल्याउने घोषण गरेको छ।

यसबाट यूजरले आफ्नो गोपनीयतामाथि अझ बढी नियन्त्रण राख्न सक्ने कम्पनीको बुझाइ छ।

यसमार्फत् अब ह्वाट्सएपमा शेयर गरिएका फोटो तथा भिडियोहरु प्रापकको क्यामरा रोलमा स्वत सेभ हुनेछन्।

भ्यू वन्स फिचर आएपछि प्रेषकले पठाएका फोटो तथा भिडियोहरु प्रापकले हेरिसकेपछि ह्वाट्सएपबाट स्वत हराउँछन्। यूजरले यी सामग्रीलाई फरवार्ड, सेभ, स्टार वा शेयर गर्न भने सक्नेछन्।

उक्त सामग्री हेरिएपछि ‘ओपन्ड’ भनेर देखिन्छ जसबाट च्याटमा त्यतिबेला के भएको थियो भन्ने कुरा थाहा हुने फेसबुकको बुझाइ छ।

तर यूजरले भने प्रापकले भ्यू वन्स फोटो वा भिडियो खोलेको नोटिफिकेशन मात्र देख्न सक्छन्। यसरी भ्यू वन्समार्फत् शेयर गरिएको सामग्री ‘वन टाइम’ मार्कसहित देखिनेछन्।

यसरी पठाइएको फोटो वा भिडियो १४ दिनसम्म प्रापकले खोलेर नहेरेको अवस्थामा च्याटबाट स्वत: हराउँछ। तर यसलाई ब्याकअपबाट रिस्टोर गर्न भने सकिन्छ। तर यो सामग्री ‘ओपन’ गरिसकिएको छ भने तिनीहरु ब्याकअपमा नबस्ने र रिस्टोर गर्न पनि नसकिने फेसबुकको भनाइ छ।

ह्वाट्सएपमा पठाइउएका सबै व्यक्तिगत मेसेज झैं भ्यू वन्स सामग्री पनि प्लेटफर्मको इन्ड-टू-इन्ड इन्क्रिप्शनमार्फत् सुरक्षित गरिएको हुने कम्पनीले जनाएको छ।

प्रकाशित: २० श्रावण २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार