कस्टम टेन्सर प्रोसेसरसहित छिट्टै सार्वजनिक हुँदै गुगल पिक्सेल ६ र पिक्सेल ६ प्रो

  • Technology Khabar | १९ श्रावण २०७८, मंगलवार
कस्टम टेन्सर प्रोसेसरसहित छिट्टै सार्वजनिक हुँदै गुगल पिक्सेल ६ र पिक्सेल ६ प्रो

काठमाडौं ।

गुगलले आफ्नो आउँदै गरेको पिक्सेल ६ तथा ६ प्रो स्मार्टफोनको झलक प्रस्तुत गरेको छ।

यी फोनहरुमा भएको मुख्य फिचर भनेको कस्टम प्रोसेसर, नयाँ क्यामरा सिस्टम र डिजाइन हो।

पिक्सेल ६ तथा ६ प्रो मा गुगलको आफ्नै नयाँ टेन्सर प्रोससर राखिएको छ जुन गुगलको डिजाइनमा कुनै अन्य उत्पादकले निर्माण गरेको हो। यो तरिका एप्पलले आफ्ना आईफोनमा प्रयोग गर्नका लागि ए सिरिज चिप निर्माण गरे जस्तै हो।

पिक्सेल ६ सिरिजमा रहने टेन्सर प्रोसेसरको कुनै विवरण हाललाई दिइएको छैन। साथै गुगलका लागि यो चिप कुन उत्पादकले बनाइरहेको छ भन्ने पनि खुल्न सकेको छैन। यसअघि गुगलका लागि सामसङले चिप बनाउने चर्चा चलेको थियो।

गुगलले पिक्सेल ६ लाई हालसम्मकै सबैभन्दा तीव्र, स्मार्ट तथा सुरक्षित पिक्सेल फोन बनाउने दावी गरेको छ।

यो चिपमा एआई तथा मेशिन लर्निङ फिचर राखिएको छ। यसै कारणले आफ्नो चिप बनाउनमा लगानी गरेको गुगलको भनाइ छ।

यीमध्ये केही स्मार्ट फिचर नयाँ क्यामरा सिस्टममा प्रयोग हुने बुझिएको छ। दुवै फोनमा वाइड तथा अल्ट्रा वाइड एङ्गल क्यामराका साथै ४x टेलिफोटो सेन्सर रहेका छन्।

गुगलले पिक्सेल ६ मा ९० तथा ६ प्रोमा १२० हर्ज रिफ्रेश रेट सहितको डिस्प्लेका साथमा अगाडि पन्चहोल क्यामरा राख]को छ।

दुवै डिभाइसमा एन्ड्रोइड १२ राखिएको छ भने कम्पनीले अक्टोबरको हाराहारी सार्वजनिक गर्ने योजना बनाएको छ। तर यसको मूल्यका बारेमा भने केही बताइएको छैन।

प्रकाशित: १९ श्रावण २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार