
काठमाडौं ।
गएको जुलाइ २० मा अमेरिकाको क्यालिफोर्निया राज्य सरकारले भिडियो गेम कम्पनी एक्टिभिजन ब्लिजार्डमाथि भेदभाव तथा याैन हिंसाको आरोप लगाएर अदालतमा मुद्दा दायर गरेको थियो।
कम्पनीले आफ्नो कार्यालयमा महिला कर्मचारीमाथि याैन दुराचार हुने खालको वातावरण बनाएको आरोप लागेको छ। यसबाहेक उनीहरुको तलब तथा प्रमोशनमा पनि भेदभाव गरिएको गम्भीर आरोप कम्पनीमाथि लागेको छ।
यसरी परेको उजुरीका आधारमा यो क्षेत्रका थुप्रै प्रमुख भिडियो गेम स्टूडियोहरुमायस प्रकारको कार्यशैली हुने गरेको आकलन गर्न सकिन्छ।
विश्वभर कम्पनीका कार्यालयमा करोडाैं एक्टिभ यूजर
एक्टिभिजन कम्पनीले वर्ल्ड अफ वार क्राफ्ट, ओवरवाच तथा कल अफ ड्यूटीजस्ता चर्चित गेमहरु बनाएको हो।
सन् २०१६ मा क्याण्डी क्रशको पब्लिशर किङलाई किनेपछि कम्पनीका यूजरहरुको सङ्ख्या अझ बढेको थियो। हाल विश्वभर यस कम्पनीका ४३ करोड़ ५० लाख एक्टिभ यूजर रहेका छन्।
यस वर्षको पहिलो त्रैमासमा कम्पनीको आम्दानी लगभग २ अर्ब डलर हाराहारीमा रहेको थियो।
अश्वेत महिलामाथि बढी भेदभाव
क्यालिफोर्नियाको फेयर इम्प्लोयमेन्ट एन्ड हाउजिङ डिपार्टमेन्टले दुई वर्ष जाँच पड्ताल गरेपछिमात्र मुद्दा दायर गरेको हो।
जाँचका क्रममा महिलाहरुमाथि तलब र प्रमोशनमा पनि भेदभाव हुने पाइएको थियो। उनीहरुको तलब सैलरी पनि थोरै रहेको र काम पनि पुरुष कर्मचारीहरु भन्दा बढी गर्नुपर्ने तथ्य पत्ता लागेको थियो।
एक्टिभजनमा विशेष गरी अश्वेत महिलाहरुमाथि बढी भेदभाव हुने गरेको पाइएको थियो। उजुरीमा कम्पनीको मानव संसाधन विभागले गुनासो गर्ने महिलाहरुलाई साथ नदिने गरेको पाइएको थियो।
गुनासो गरेपछि उल्टै उनीहरु विरुद्ध सरुवा लगायतका कारबाही गरिन्थ्यो। कम्पनीले भने आफूमाथि लगाइएका सबै आरोप गलत भएको दबवी गरेको छ।
प्रकाशित: १८ श्रावण २०७८, सोमबार