एलजी इनर्जी सोलुशन्सको नाफा दोस्रो त्रैमासमा ४२२ प्रतिशतले वृद्धि

  • Technology Khabar | १७ श्रावण २०७८, आईतवार

काठमाडौं ।

दक्षिण कोरियाली कम्पनी एलजी केमले हालै आफ्नो दोस्रो त्रैमासको प्रगति विवरण सार्वजनिक गरेको छ।

यस पटको प्रगति विवरणमा उल्लेख भएको नाफा गत वर्षको नाफाको चार गुणा बढी रहेको र कम्पनीको पेट्रोकेमिकल व्यवसाय पनि आकाशिएको पाइएको छ।

एलजी केमले बिहीबार बताए अनुसार कम्पनीले दोस्रो त्रैमासमा ९ अर्ब ९४ करोड डलर राजस्व तथा १ अर्ब १४ करोड डलरभन्दा माथि सञ्चालन मुनाफा कमाएको र यो आँकडा गत वर्षको तुलनामा क्रमश: ५७.७ र २०७ प्रतिशत रहेको छ।

एलजी इनर्जी सोलुशन्सले कम्पनीको राजस्वमा ४ अर्ब ४५ करोड डलर तथा समग्र सञ्चालन मुनाफामा ७० करोड ७६ लाख डलर योगदान गरेको तथ्याङ्कमा उल्लेख छ। यो आँकडा गत वर्षकको तुलनामा क्रमश: ८१.७ र ४२२ प्रतिशतले बढी हो।

एलजी केमले आफू मातहतको ब्याट्री विभागले विद्युतीय सवारीका लागि आवश्यक सिलिन्डर ब्याट्रीको बिक्री उल्लेख्य मात्रामा बढाएको बताएको छ। यो रकम बढ्नमा एसके एनोभेशनले यी दुई कम्पीबीचको व्यापार गोप्यतासम्बन्धी मुद्दा मिलाउन तिरेको एकमुष्ट ८६ करोड ८१ लाख डलरको पनि योगदान रहेको छ।

कम्पनीको राजस्वमा अमेरिकामा ब्याट्री स्टोरेज सिस्टममा गडबडी आएपछि रिकल गरिएको ब्याट्री बराबरको ३४ करोड ७२ लाख डलर भने घटेको छ।

प्रकाशित: १७ श्रावण २०७८, आईतवार

तपाइको प्रतिक्रिया