बैंकको एटिएम फोड्न खोज्ने दुई युवक पक्राउ

  • Technology Khabar | १७ श्रावण २०७८, आईतवार
बैंकको एटिएम फोड्न खोज्ने दुई युवक पक्राउ
सांकेतिक तस्विर

काठमाडौं ।

बैंकको एटिएम फोड्न खोज्ने दुई युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका वडा नं. १३ मंलेरीका १८ बर्षीय सुवास बिक र सुन्दर नगर टोलका १८ वर्षकै प्रकाश भुसाल पक्राउ परेको दाङ प्रहरीले जानकारी दिएकोछ।

उनीहरुले साउन १२ गते राति घोराही १५ सहिद गेट लाइनमा रहेको कुमारी बैंकको एटिएम तोडफोड गरेका थिए । एटिएम तोडफोड गरेपनि पैसा झिक्न र लैजान भने नसकेको प्रहरीले जनाएको छ।

त्यसपछि फरार रहँदै आएका उनीहरुलाई प्रहरीले साउन १६ गते घोराही १५ मा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिए ।

घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित: १७ श्रावण २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

EU moves closer to kicking kids off social media

  • Technology Khabar
  • १७ श्रावण २०७८, आईतवार