वानएक्सबेटसहित अनलाइन ग्याम्बलिङ्ग वेबसाइटहरु बन्द गर्न दूरसञ्चार प्राधिकरणको निर्देशन

  • Technology Khabar | १२ श्रावण २०७८, मंगलवार
वानएक्सबेटसहित अनलाइन ग्याम्बलिङ्ग वेबसाइटहरु बन्द गर्न दूरसञ्चार प्राधिकरणको निर्देशन

काठमाडौं ।

नेपाल दूरसञ्चार प्राधिकरणले अवैध सट्टेबाजी गर्ने अनलाइन बेटिङ साइट वानएक्सबेट लगायतका ग्याम्बलिङ्ग वेबसाइटहरु नेपालभर बन्द गराएको छ।

प्राधिकरणले नेपाल राष्ट्र बैंकको अनुरोधमा सो वेबसाइटसहित अन्य ग्याम्बलिङ्ग वेबसाइटहरु बन्द गर्न सेवा प्रदायकहरुलाई निर्देशन दिएको छ।

नेपालभित्र यसअघि नै नेपाल राष्ट्र बैंकले अनलाइन ग्याम्बलिङ्गलाई प्रतिबन्ध गरिसकेको छ। त्यसैगरि विज्ञापन बोर्डले समेत यसअघि त्यस्ता अनलाइन बेटिङहरुका विज्ञापनहरु समेत नगर्न आदेश दिएको थियो।

राष्ट्र बैंकले नेपालमा अवैध रूपमा भइरहेको अनलाइन बेटिङ र ग्याम्ब्लिङ सम्बन्धी वेबसाइटहरू वानएक्सबेट लगायतलाई नेपालभर चल्न रोक लगाउन प्राधिकरणमा पत्र पठाएको निर्देशक बिजय कुमार रोयले जानकारी दिए।

‘हामीलाई राष्ट्र बैंकले पत्र पठाएर त्यस्ता वेबसाइटहरु रोक्न भनेको थियो। हामीले सेवा प्रदायकहरुलाई निर्देशन दिईसकेका छौं,’ निर्देशक रोयले भने।

यसका साथै राष्ट्र बैंकले अनुमतिप्राप्त भुक्तानी सेवा प्रदायक संस्थाहरुले समेत ती बालेटहरुबाट भुक्तानी गर्ने गरेको उजुरी र गुनासो आइरहेको भन्दै बन्द गर्न पत्राचार गराएको हो।

प्रकाशित: १२ श्रावण २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार