पब्जी, फ्री फायरलगायतका अनलाइन गेमहरुमा प्रतिबन्ध लगाउन सांसदको माग

  • Technology Khabar | १२ श्रावण २०७८, मंगलवार
पब्जी, फ्री फायरलगायतका अनलाइन गेमहरुमा प्रतिबन्ध लगाउन सांसदको माग

काठमाडौं ।

प्रतिनिधिसभाको आजको बैठकमा नेपालभित्र अनलाइन गेमहरु बन्द गर्नुपर्ने आवाज उठेको छ।

मंगलबार एमाले सांसद आशा विकले प्रतिनिधिसभाको शून्य समयमा बोल्दै इन्टरनेट पब्जी र फ्रिफाइर जस्ता अनलाइन गेमको लतमा फसेर बालबालिकाहरु मानसिक रोगी बनिरहेको भन्दै तत्काल यस्ता गेमहरु बन्द गर्न माग गरिन्।

उनले पब्जी, फ्रि फायरलगायतका अनलाइन गेम बन्द गर्न सरकारले नियामक निकायलाई निर्देशन दिनुपर्ने माग राखेकी हुन्।

‘बालबालिकाहरु एकोहोरो हुने डराउने झस्कने जिद्दिपनालगायतले अभिभावकहरु समेत तनाबमा रहेको छन्,’ उनले भनिन्।

उनले यस्ता अनलाइन गेमहरु प्रतिबन्ध लगाउन माग गर्दै यस्तो नगरेमा अदालतको ढोका ढकढक्याउने बताईन्।

प्रकाशित: १२ श्रावण २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

नवीकरणीय ऊर्जाका लागि सशक्त कानुन बनाइँदै

  • Technology Khabar
  • १२ श्रावण २०७८, मंगलवार