आर्थिक समाचार

मुक्तिनाथ विकास बैंकमा खाता खोल्दा पहिलो वर्ष निःशुल्क मोबाइल तथा इन्टरनेट बैंकिङ्ग

मुक्तिनाथ विकास बैंकमा खाता खोल्दा पहिलो वर्ष निःशुल्क मोबाइल तथा इन्टरनेट बैंकिङ्ग
Global IME Bank

मुक्तिनाथ विकास बैंकले निक्षेपकर्ताहरुलाई अत्यन्त लाभदायी र बचत खाताहरु मध्ये सर्वाधिक ब्याजदर प्रदान गर्ने तथा मासिक ब्याज आर्जन हुने ‘मुक्तिनाथ सम्बृद्धि बचत खाता’ सञ्चालनमा ल्याएको छ ।

ग्राहकहरुले मात्र १०० रूपैयाँको न्यूनतम मौज्दातमै मुक्तिनाथ बैंकको सम्बृद्धि बचत खाता खोल्न सक्नेछन् र यस बचत खातामा बैंकले ग्राहकलाई वार्षिक सर्वाधिक ब्याजदर ५.२५ प्रतिशतको दरले मासिक ब्याज भुक्तानी प्रदान गर्नेछन् ।

साथै पहिलो वर्षको लागि निःशुल्क मोबाइल बैंकिङ्ग तथा निःशुल्क इन्टरनेट बैंकिङ्गको सेवा समेत प्रदान गर्ने हुँदा यसबाट ग्राहकले ठूलो लाभ लिन सक्ने र बैंकको व्यवसाय बृद्धिमा सहयोग पुग्ने बैंकले जनाएको छ ।

Sajilo Visa
easy care