डाइमेन्सिटी ७०० चिपसेटयुक्त ओपो ए९३एस फाइभजी स्मार्टफोन घोषणा

  • Technology Khabar | ११ श्रावण २०७८, सोमबार
डाइमेन्सिटी ७०० चिपसेटयुक्त ओपो ए९३एस फाइभजी स्मार्टफोन घोषणा

काठमाडौं ।

चिनियाँ स्मार्टफोन ब्रान्ड ओपोले गत वर्षको ए९३ फाइभजीको अपग्रेडेड भर्सन ए९३एस फाइभजी स्मार्टफोनको घोषणा गरेको छ।

यी दुई सेटमा रहेको मुख्य फरक भने चिपसेट हो। अघिल्लो भर्सनमा स्न्यापड्रागन ४८० चिपसेट रहेकोमा अहिलेको ए९३एसमा भने मिडियाटेकको डाइमेन्सिटी ७०० चिपसेट रहनेछ।

यसमा ९० हर्ज रिफ्रेश रेटसहितको ६.५ इन्च फुल एचडी+ एलसीडी डिस्प्लेका साथमा ८ मेगापिक्सेलको पन्चहोल सेल्फी शूटर दिइएको छ।

पछाडिपट्टि ए९३ मा जस्तै ४८ मेगापिक्सेलको मुख्यसहित ट्रिपल क्यामरा सेटअप दिइएको छ भने पावरका लागि १८ वाट फास्ट चार्जिङ सपोर्ट सहितको ५००० एमएएच क्षमताको ब्याट्री राखिएको छ।

यसबाहेक यो डिभाइसमा एन्ड्रोइड ११ का साथमा कलरओएस११ पनि राखिएको छ भने फाइभजी स्ट्यान्डबाइ र ब्लूटूथ र वाइ फाइका पछिल्ला भर्सन राखिएका छन्।

ओपो ए९३एस फाइभजीमा ८ जीबी र्याम तथा २५६ जीबी आन्तरिक स्टोरेज रहनेछ साथै यो कालो, नीलो र सेतो रंगमा उपलब्ध हुने बताइएको छ। यसको मूल्य १९९९ चिनियाँ युआन रहने साथै आगामी जुलाइ ३० देखि बिक्रीका लागि उपलब्ध गराइने कम्पनीले जनाएको छ।

प्रकाशित: ११ श्रावण २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार