एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ्ग एपमार्फत आईपीओमा आवेदन दिन सकिने

  • Technology Khabar | १० श्रावण २०७८, आईतवार
एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ्ग एपमार्फत आईपीओमा आवेदन दिन सकिने

काठमाडौं ।

एनआईसी एशिया बैंकले नेपालको बैंकिङ्ग क्षेत्रमै पहिलोपटक मोबाइल बैंकिङ्ग एपमार्फत विभिन्न कम्पनीहरूले जारी गर्ने आईपीओमा आवेदन दिन सकिने सेवाको शुभारम्भ गरेको छ ।

यस बैंकमार्फत डिम्याट खाता खोलेका एवं यस बैंकमा बचत खाता तथा बैंकको मोबाइल बैंकिङ्ग सेवा लिएका ग्राहकहरूले यस नवीन सेवा अनुसार आईपीओ खुलेका सेयर तथा डिबेन्चरहरूमा जुनसुकै स्थानबाट, जुनसुकै समयमा आवेदन दिन सक्नेछन् ।

कोभिड– १९ महामारीको जोखिम कायम रहेका बेला ग्राहकहरुलाई थप सहज एवं सरल बैंकिङ्ग सेवा दिनका लागि बैंकले हालसम्म भौतिक फारमबाट आईपीओ आवेदन लिँदै आएकोमा अब देखि बैंकसम्म नपुगी एनआईसी एशिया मोबैंकबाट आईपीओ आवेदन दिन सकिने सुविधाको सुरुवात गरेको हो ।

प्रकाशित: १० श्रावण २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार