
काठमाडौं ।
अब गुगल ड्राइभमा अन्य यूजरलाई ब्लक गर्न मिल्ने भएको छ।
सामान्यतया लागि शुरुमा वैध जीमेल इन्टर गर्नुपर्ने हुन्छ। यसो गरेपछि अन्य यूजरकोमा ‘शेयर्ड विथ मी’ सेक्शनमा देखा पर्छ। त्यसबाट मानिसहरुले सामग्री एक्सेस गरेर दुरुपयोग पनि गर्न सक्छन्।
कतिपय अवस्थामा आफूलाई नचाहिने सामग्री ड्राइभबाट रिमुभ गरिसके पनि सर्च वा अन्या ठाउँमा देखा पर्न सक्छ।
गत मे मा गुगलले आफ्नो वर्कस्पेशमा दुरुपयोग कम गर्नका लागि जोखिम विश्लेषण क्षमता बढाउने घोषणा गरेको थियो। यसका विभिन्न उपायमध्ये अन्य गुगल ड्राइभ यूजरलाई ब्लक गर्ने अप्शन पनि एक रहेको छ।
यो सुविधा फ्री एकाउन्टमा पनि उपलब्ध हुने बुझिएको छ।
यसरी कुनै पनि व्यक्तिलाई गुगल ड्राइभबाट हटाउनु वा ब्लक गर्नु भनेको अन्य सबै खाले गुगल सर्भिसबाट हटउनु हो। यसरी सबै तिरबाट यस्ता यूजरलाई हटाउनु समग्रमा फाइदाजनक नै हुन जान्छ।
प्रकाशित: १० श्रावण २०७८, आईतवार