अनरले डाइमेन्सिटी १३००टी चिपसेटसहितको भी७ प्रो ट्याबलेट ल्याउँदै

  • Technology Khabar | ९ श्रावण २०७८, शनिबार
अनरले डाइमेन्सिटी १३००टी चिपसेटसहितको भी७ प्रो ट्याबलेट ल्याउँदै

काठमाडौं ।

गत वर्ष ह्वावेबाट छुट्टिएपछि स्वतन्त्र ब्रान्डका रुपमा अगाडि बढिरहेको अनरले मिडियाटेकको डाइमेन्सिटी १३००टी चिपसेटयुक्त नयाँ ट्याब्लेट ल्याउने भएको छ।

हालै एउटा आधिकारिक वेबो पोस्टमा कम्पनीले आउँदै गरेको भी७ ट्याब्लेटको एउटा टिजर भिडियो राखेको थियो।

जानकारी अनुसार उक्त ट्याब्लेट म्याजिक३ सिरिजसँगै आगामी अगस्ट १२ मा सार्वजनिक हुने बुझिएको छ।

वेबोमा एक चर्चित टिप्स्टर डिजिटल च्याट स्टेशनले बाहिर ल्याएको जानकारीमा उक्त ट्याब्लेटमा अझै घोषणा हुन बाँकी डाइमेन्सिटी १३००टी चिपसेट प्रयोग गरिने बताइएको छ।

यसमा प्रयोग गरिने भनिएको डाइमेन्सिटी १३००टी चिपसेटका बारेमा केही जानकारी उपलब्ध छैन।

टिजर अनुसार किनाराहरु फराकिला, पछाडि छालाको कभर तथा क्यामराको हाउजिङ हेर्दा एकभन्दा बढी लेन्स रहने देखिन्छ। यसबाहेक यसमा एक साइडमा सिमकारड ट्रे रहने र यो फाइभजी इनेबल्ड डिभाइस हुने आकलन गर्न सकिन्छ।

प्रकाशित: ९ श्रावण २०७८, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार