पेगासस जासूसीको अनुसन्धान गर्न भन्दै भारतमा मुद्दा दायर, सफ्टवेयर खरीदमा रोक लगाउन माग

  • Technology Khabar | ७ श्रावण २०७८, बिहीबार
पेगासस जासूसीको अनुसन्धान गर्न भन्दै भारतमा मुद्दा दायर, सफ्टवेयर खरीदमा रोक लगाउन माग

काठमाडौं ।

भारतमा पेगासस सफ्टवेयरमार्फत विपक्षी नेता र पत्रकारको जासूसी गरेको आरोप अब भारतीय सर्वोच्च अदालतमा पुगेको छ। अधिवक्ता मनोहर लाल शर्माले सर्वोच्च अदालतमा यस बारेमा निवेदनसहित मुद्दा दिएका छन्।

सो मुद्दामा सर्वोच्च अदालतको सुपरिवेक्षणमा एसआईटी अनुसन्धान गर्न माग गरिएको छ। यसको साथसाथै भारतमा पेगाससको खरीदमाथि प्रतिबन्ध लगाउन पनि माग गरिएको छ।

देशका धेरै विपक्षी नेताहरूबाट पेगासस जासूसी मामलाको बारेमा मोदी सरकार घेराबन्दीमा परेको छ । कांग्रेस पार्टी संयुक्त संसदीय समिति (जेपीसी) ले छानबिनको माग गर्दैछ। यद्यपि सरकारले यो जासूसी मामलालाई संसदमा अस्वीकार गरेको छ।

यो पनि हेर्नुस्-

तपाईको फोन ह्याक गर्न सक्दछ पेगासस स्पाइवेयरले, जान्नुहोस् कसरी सुरक्षित रहने

इजरायली जासूसी सफ्टवेयर पेगाससमार्फत दुई भारतीय मन्त्री, ४० भन्दा बढी पत्रकार, तीन विपक्षी नेता लगायत ठूलो संख्यामा व्यवसायी र मानवअधिकारकर्मी र कुटनितीज्ञहरुको ३०० भन्दा बढी मोबाइल नम्बर ह्याक गरिएको अन्तर्राष्ट्रिय मिडिया संगठनहरुको संयुक्त अनुसन्धानले खुलासा गरेको छ।

सो घट्नामा भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यसहितको मोबाइल फोनको समेत जासुसी गरिएको बताईएको छ ।

सम्बन्धित समाचार-

पेगासस स्पाइवेयरबाट भारतका लागि नेपाली राजदूतको स्मार्टफोनको पनि जासुसी !

प्रकाशित: ७ श्रावण २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...