शाओमी एमआई ९ मा एन्ड्रोइड ११ मा आधारित एमआईयूआई १२.५ उपलब्ध

  • Technology Khabar | ५ श्रावण २०७८, मंगलवार
शाओमी एमआई ९ मा एन्ड्रोइड ११ मा आधारित एमआईयूआई १२.५ उपलब्ध

काठमाडौं ।

शाओमीले आफ्नो योजनामा रहेको एमआईयूआई १२.५ अपडेटको शुरुवात यूरोपबाट एमआई ९ मार्फत गरेको छ।

यो डिभाइसमा एमआईयूआई मात्र नभइ अपरेटिङ सिस्टम पनि एन्ड्रोइड १० बाट एन्ड्रोइड ११ अपडेट हुने भएको छ।

यो सफ्टवयरको साइज २.४ जीबी रहेको छ।

यसको नाम एमआईयूआई भी१२.५.१.०.आरएफएईयूएक्सएम दिइएको छ भने यो तत्काल यूरोपेली देशहरुका एमआई ९ सेटहरुमा मात्र उपलब्ध छ।

यूरोपेली बजारको समीक्षापश्चात् केही समयपछि यो विश्वभरी नै उपलब्ध हुने आकलन गरिएको छ।

यो सँगै जुन २०२१ सेक्युरिटी पनि उपलब्ध गराइने भएको छ। विश्वभर नै यो अपडेट पुग्न भने अगस्टसम्म लाग्ने बुझिएको छ।

प्रकाशित: ५ श्रावण २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार