जेठ महिनामा मोबाइल बैंकिङ सेवामार्फत गरिने कारोबार रकम बढ्यो, सङ्ख्या घट्यो

  • Technology Khabar | २ श्रावण २०७८, शनिबार
जेठ महिनामा मोबाइल बैंकिङ सेवामार्फत गरिने कारोबार रकम बढ्यो, सङ्ख्या घट्यो
सांकेतिक

काठमाडौं ।

नेपालमा जेठ महिनामा मोबाइल बैंकिङ सेवामार्फत गरिएको कारोबार रकम ५३ अर्बभन्दा माथि रहेको छ।

नेपाल राष्ट्र बैंकद्वारा हालै जारी प्रतिवेदन अनुसार जेठ मसान्तसम्ममा मोबाइल बैंकिङ सेवामार्फत गरिएको कारोबार सङ्ख्या १ करोड १३ लाख ५७ हजार १८१ पुगेको छ।

कारोबार रकम बढे पनि जेठ महिनामा अघिल्लो महिनाभन्दा कारोबार सङ्ख्यामा भने उल्लेख्य कमी आएको छ।

यो संख्या एक महिना अघि अर्थात् वैशाख मसान्तको तुलनामा २ लाख ५९ हजार ३८५ ले घटी हो। वैशाख मसान्तसम्ममा यो संख्या १ करोड ८२ हजार ६५५ थियो।

कारोबार संख्या घटेसँगै कारोबार रकम पनि स्वाभाविक रुपमा घट्नुपर्नेमा बढेको छ।

वैशाख मसान्तसम्ममा मोबाइल बैंकिङमार्फत् ४८ अर्ब ८८ करोड ७० लाख रुपैयाँको कारोबार भएकोमा चैत मसान्तसम्ममा यो रकम बढेर ५३ अर्ब १६ करोड रुपैयाँ पुगेको छ।

यो रकम वैशाख मसान्तको भन्दा ४ अर्ब २७ करोड ३० लाख रुपैयाँले बढी हो।

प्रकाशित: २ श्रावण २०७८, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Ncell launches exclusive bundle package for iPhone 18 buyers

  • Technology Khabar
  • २ श्रावण २०७८, शनिबार