Technology Khabar १२ पुष २०७२, आईतवार
काठमाडौं ।
काठमाडौं, १२ पुस । हिमालयन बैंकको तेईसौं वार्षिक साधारण सभाले शेयरधनीहरुलाई ३५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
उक्त साधारण सभाले शेयरधनीहरुलाई ३५ प्रतिशत बोनस शेयर र ७.१०५३ प्रतिशत नगद गरी कुल ४२.१०५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।
यो बोनस शेयरको वितरण पश्चात बैंकको चुक्ता पूँजी ४ अर्व ४९ करोड ९१ लाख पुग्नेछ । साधारण सभाले बैंकले बोनस शेयर जारी गरे पछि हुने सो चुक्ता पूँजीको १४.२८ प्रतिशतका दरले हुने ७ कित्ता शेयर बराबरको १ कित्ता हकप्रद शेयर जारी गर्न समेत प्रस्ताव पारित गरेको छ ।
सभामा संचालक समितिको तर्फबाट अध्यक्ष मनोजबहादुर श्रेष्ठले आर्थिक वर्ष २०७१÷७२ को प्रतिवेदन प्रस्तुत गरेका थिए । सो अवसरमा उनले ग्राहकवर्गले बैंक प्रति गरेको विश्वास तथा व्यवस्थापनको सृजनात्मक क्रियाशीलताबाट बैंकले निरन्तर प्रगति गरिरहेको जानकारी सभालाई दिए ।
अध्यक्ष श्रेष्ठले बैंकले हालसम्म ७३ अर्व ५३ करोड निक्षेप संकलन र ५५ अर्व ४२ करोड कर्जा प्रवाह गरेको जानकारी दिए जुन अघिल्लो वर्षको तुलनामा क्रमशः १३.७० र १९.३३ प्रतिशतले बढी हो ।
बैंकले यो वर्ष ५ स्थानमा नयाँ शाखाहरुको स्थापना गर्ने र विभिन्न स्थानमा थप ४ ए.टी.एम. जडान गर्ने तथा ५०० थप पस टर्मिनल विस्तार गर्ने लक्ष्य राखेको प्रेस विज्ञप्तिमार्फत जनाएको छ ।
प्रकाशित: १२ पुष २०७२, आईतवार