दश दिन विन्डोज ११ चलाएर हेर्नुस्, मन नपरेमा माइक्रोसफ्टले विण्डोज १० मा फर्किने सुबिधा दिने

  • Technology Khabar | ३० असार २०७८, बुधबार
दश दिन विन्डोज ११ चलाएर हेर्नुस्, मन नपरेमा माइक्रोसफ्टले विण्डोज १० मा फर्किने सुबिधा दिने

काठमाडौं ।

रिटेल स्टोरबाट किनेको कुनैपनि वस्तु तपाईँले मन परेन भने तपाईँले त्यसलाई फिर्ता गर्न सक्नुहुनेछ भन्ने त तपाईँले सुनेको हुनुपर्छ।

स्टोर कमोडिटीमा फिर्ताको नीति जस्तै माइक्रोसफ्टले पनि आफ्ना प्रयोगकर्ताहरूलाई विन्डोज ११ मा अपग्रेड गरेपछि विन्डोज १० मा फर्कनको लागि १० दिनको समय दिनेछ। कम्पनीले तपाईंको सबै फाइलहरू र डाटा स्थानान्तरण गर्दै तपाईंलाई विन्डोज १० मा फिर्ता भएर डाउनग्रेड गर्न अनुमति दिनेछ।

यो विन्डोजको अघिल्लो संस्करणहरूको बिल्कुल विपरीत हो जहाँ तपाईं अपग्रेड गर्दा तपाईं फिर्चा हुने कुनै विकल्प थिएन । किनभने माइक्रोसफ्टले एक पटक मात्र तपाईंको लाइसेन्स जानकारी अपडेट गर्‍यो।

अब भने माइक्रोसफ्टले दिने १० दिन विन्डोज बारे दोस्रो विचार राख्नेहरूको लागी एक अवसर जस्तो देखिन्छ।

तपाईँले फेरि डाउनग्रेड गर्ने निर्णय गरेपछि विन्डोज ११ किन्नुपर्नेछ वा फेरी निशुल्क पाउनुहुनेछ भन्ने बारेमा अहिले सम्म कुनै आधिकारिक जानकारी आएको छैन्। माइक्रोसफ्टले भनेको छ कि तपाईँले प्रणाली निरन्तर चलाउनका लागि तपाईँको डाटाको जगेडा गर्न आवश्यक छ र विन्डोज १० को क्लिन इन्स्टल गर्नुहोस्।

विन्डोज ११ पहिलो चरणमा इन्साइडरहरुको लागि उपलब्ध रहेको छ भने हाल प्रिभ्यूको चरणमा छ। एजेन्सी

प्रकाशित: ३० असार २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Bajaj Auto expands EV portfolio in Nepal with Chetak C2501 and C3503 launches

  • Technology Khabar
  • ३० असार २०७८, बुधबार
Desktop Popup ImageMobile Popup Image×