गुगल मीटको ग्रुप भिडियो कल अब ‘अनलिमिटेड’ रहेन, १ घण्टा मात्र उपलब्ध हुने

  • Technology Khabar | ३० असार २०७८, बुधबार
गुगल मीटको  ग्रुप भिडियो कल अब ‘अनलिमिटेड’ रहेन, १ घण्टा मात्र उपलब्ध हुने

काठमाडौं ।

गुगलले निशुल्क जीमेल एकाउन्टको मीटमा हालसम्म उपलब्ध अनलिमिटेड भिडियो कलको सुविधा छोट्याएर १ घण्टामा झारेको छ।

कम्पनीले हालै ९टू५ गुगलको सपोर्ट पेजमा उक्त जानकारी उपलब्ध गराएको हो।

अब निशुल्क जीमेल प्रयोगकर्ताहरुले मीटमा ग्रुप भिडियो कल गर्दा पहिले झैं २४ घण्टा नभइ १ घण्टामात्र प्रयोग गर्न पाउनेछन्।

कोरोना महामारीका कारण अधिकांश काम तथा पढाइ घरबाटै भएकाले गुगलको अनलिमिटेड ग्रुप मिटिङ फिचर धेरैका लागि प्रभावकारी सिद्ध भएको थियो।

यसमा समयसीमाका कारण कल काटिने वा नयाँ लिंक सिर्जना गर्नुपर्ने बाध्यता पनि थिएन। यसबाट धेरै लामो समयसम्म पारिवारिक जमघट हुँदा पनि ग्रुप भिडियो कललाई अन नै राख्न सकिन्थ्यो।

मीट गत वर्षको अप्रिलमा गैर संस्थागत प्रयोगकर्ताका लागि खुला गरिएको थियो जसको सिधा टक्क जूम क्लाउड मिटिङसँग थियो।

जूम क्लाउड मिटिङको सीमा ४० मिनेटको हुने भएकाले मीटले भने त्यतिबेला २०२० सेप्टेम्बर ३० सम्म अनलिमिटेड ग्रुप मिटिङ गर्न मिल्ने बताएको थियो। यसले पछि यो सुविधाको म्याद मार्च र अर्कोपल्ट जुन २०२१ सम्म लम्ब्याएको थियो।

गुगलले अहिले पनि व्यक्तिगत कल अनलिमिटेड नै दिएको छ तर ग्रुप भिडियो कलका लागि भने गुगलको वर्कस्पेस इन्डिभिजुअल टायर अन्तर्गत प्रति महिना ७.९९ डलरको ग्राहक बन्नुपर्ने हुन्छ। आगामी २०२२ जनवरीदेखप यो मूल्य बढेर ९.९९ डलर प्रति महिना पुग्ने पनि कम्पनीले जनाएको छ।

प्रकाशित: ३० असार २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...