
काठमाडौं ।
रूससँग लिंक भएको भनिएको र्यान्समवेयर गिरोह रेभिल जो संसारभरि सयौं व्यवसायहरुमा आक्रमणको लागि जिम्मेवार छन् उनीहरुको वेबसाईटहरु अफलाइनमा गएको छ।
अनुगमनकर्ताहरूकाअनुसार भुक्तानी वेबसाइट र रेभिल समुहले चलाएको ब्लग मंगलबार अचानक पहुँचयोग्य हुन छोडेको छ ।
बेपत्ता हुनुको कारण अज्ञात छ तर यस समूहलाई अधिकारीहरूले लक्षित गरेको हुन सक्ने अनुमान लगाइएको छ।
यो साइबर-अपराधलाई लिएर अमेरिका र रूसको बिच बढेको दबाबको बीचमा आउँछ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले गत महिना जेनेभामा रूसी राष्ट्रपतिसँगको शिखर सम्मेलनको क्रममा यस विषयमा छलफल गरेपछि शुक्रबार एक फोन कलमा भ्लामिदिर पुटिनसँग कुरा गरेको बताएका थिए।
बाइडेनले पत्रकारहरुलाई भने कि उनीले उनीलाई “यो कुरामा उनलाई धेरै नै स्पष्ट पारेको थियो … हामीले उनीहरूले सो सूचनामा काम गरेको आशा गर्दछौं” र अमेरिकाले घुसपैठका लागि प्रयोग हुने सर्भरमा प्रत्यक्ष डिजिटल बदला लिन सक्ने संकेत पनि गरे।
अमेरिकी वा रूसी अधिकारीहरूले रेभिलको बिरूद्ध कारबाही गरेको हुन सक्ने मंगलबार बिहान अनुमान लगाईएको छ, यद्यपि अधिकारीहरूले अहिलेसम्म कुनै टिप्पणी गर्न अस्वीकार गरेका छन् र साइबर विज्ञहरू भन्छन कि अचानक समूहहरू बेपत्ता हुनु कुनै असाधारण कुरा होइन।
यो गतिबिधि उच्च प्रोफाईल र्यान्समवेयर हमलाको श्रृंखला पछि आएको छ जहाँ यस बर्ष प्रमुख अमेरिकी व्यवसायहरुमा आक्रमण गरिएको थियो ।बीबीसी
प्रकाशित: ३० असार २०७८, बुधबार