
काठमाडौं ।
नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले सञ्चार तथा सूचना प्रविधिको जिम्मेबारी आफैंसँग राखेका छन् । आज देउवालाई राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा प्रधानमन्त्रीमा नियुक्त गरिएको हो।
नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनीयताको शपथ लिएका छन्।
राष्ट्रपति कार्यालय शीतल निवासमा मंगलबार राति प्रधानमन्त्री देउवाले राष्ट्रपति भण्डारीबाट शपथ लिएका हुन् ।
यसैबिच राष्ट्रपतिको कार्यालयकाअनुसार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी समेत प्रधानमन्त्री देउवाले नै लिएका छन् ।
सञ्चार मन्त्रालयको जिम्मेवारी आफैंले लिएपनि सरकारको प्रवक्ताको रुपमा भने कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई नियुक्त गरिएको छ।
आजै गृहमन्त्रीमा बालकृष्ण खाँड, अर्थमन्त्रीमा जनार्दन शर्मा, कानून, न्याय तथा संसदीय मामिला मन्त्रीमा ज्ञानेन्द्रबहादुर कार्की र उर्जा जलस्रोत तथा सिचाईँ मन्त्रीमा पम्फा भुषालले पनि सपथ लिएका थिए ।
प्रकाशित: २९ असार २०७८, मंगलवार