शाओमीद्वारा ६७ वाटको फास्ट चार्जर सार्वजनिक, स्मार्टवाचलगायत सबै खाले डिभाइस चार्ज गर्न सकिने

  • Technology Khabar | २९ असार २०७८, मंगलवार
शाओमीद्वारा ६७ वाटको फास्ट चार्जर सार्वजनिक, स्मार्टवाचलगायत सबै खाले डिभाइस चार्ज गर्न सकिने

काठमाडौं ।

शाओमीले भारतीय बजारमा ६७ वाटको सोनिकचार्ज ३.० फास्ट चार्जर सार्वजनिक गरेको छ। यसमा १ मिटर लामो यूएसबफ टाइप-सी केबल पनि दिइएको छ।

कम्पनीका अनुसार यो एउटै चार्जर सबैखाले डिभाइसका लागि उपयुक्त हुनेछ।

स्मार्टफोन, ल्यापटप, फिटनेस ट्र्याकर, स्मार्टवाच तथा ट्याबलेट सहित अन्य यूएसबी टाइप सी सपोर्ट गर्ने डिभाइसहरुका लागि पनि यो चार्जिङका लागि प्रयोग गर्न सकिन्छ।

यो चार्जरको मूल्य भारु १९९९ रुपैयाँ तोकिएको छ। यो सेतो रंगमा मात्र उपलब्ध हुनेछ।

यो चार्जरले ६७ वाटको फास्ट चार्जिंग सपोर्ट गर्छ भने यसमा क्वालकमको क्विक चार्ज ३.० प्रविधिको प्रयोग गरिएको छ।

चार्जरमा गुणस्तर, सुरक्षा तथा विश्वसनीयताका मानकहरु पूरा गर्नका लागि बिल्ट-इन सर्ज प्रोटेक्शन दिइएको छ।

चार्जरले १०० देखि १२० भोल्टको इनपुट लिन्छ र ६७ वाटको आउटपुट प्रदान गर्छ। यसको बडी पोलिकार्बोनेटबाट बनेको छ।

५००० एमएएचको ब्याट्री ३६ मिनेटमा फुल चार्ज

 कम्पनीको दावी अनुसार ६७ वाटको चार्जरबाट कुनै ५००० एमएएच क्षमताको ब्याट्रीयुक्त स्मार्टफोन ३६ मिनेटमै फुल चार्ज हुन्छ।

यो चार्जरमार्फत् क्विक चार्ज प्रविधि सपोर्ट गर्ने डिभाइसहरुलाई तीव्र गतिमा चार्ज गर्छ। यसबाहेक ती डिभाइसमा यूएसबी टाइप सी पोर्ट पनि हुनु जरुरी छ।

प्रकाशित: २९ असार २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार