९० वाट फास्ट चार्जिङ सिस्टममा काम गर्दै ह्वावे

  • Technology Khabar | २९ असार २०७८, मंगलवार
९० वाट फास्ट चार्जिङ सिस्टममा काम गर्दै ह्वावे

काठमाडौं ।

चिनियाँ टेक जायन्ट ह्वावेले ९० वाट फास्ट चार्जिङ सिस्टममा काम गरिरहेको बुझिएको छ।

कम्पनीले ह्वावे मेट ४० सिरिजमा उपलब्ध गराएको हालसम्म उपलब्ध सुपरचार्ज सिस्टममार्फत् बढीमा ६६ वाटको आउटपुट दिन सक्छ।

यसबाहेक यो प्रविधि नोभा ८आईमा पनि उपलब्ध छ जसले यसमा रहेको ४३०० एमएएचको ब्याट्रीलाई ३८ मिनेटमा फुल चार्ज गर्न सक्ने दावी गरिएको छ।

हालै डिजिटल च्याट स्टेशन नामको लिकस्टरले बाहिर ल्याएको जानकारी अनुसार अब भने उक्त ६६ वाट भन्दा पनि बढी ९० वाट आउटपुट दिनेगरी ह्वावेले काम गरिरहेको हो।

यसबाट अब आउँदै गरेको पी५० सिरिजमा ९० वाट फास्ट चार्जिङ उपलब्ध हुने अपेक्षा गर्न सकिन्छ।

तर पी५० को ३सी सर्टिफिकेटमा ६६वाट फास्ट चार्जरका साथमा स्न्यापड्रागन ८८८ चिपसेट र एलटीई भर्सन तोकिएकाले ९० वाट फास्ट चार्जिङ अन्य कुनै मोडलबाट शुरु हुने पनि आकलन गरिएको छ।

कम्पनीले यो वर्ष मेट ५० सिरिज नल्याउने र पी ५० नै बजारमा उपलब्ध हुने ह्वावे फोनमध्ये सबैभन्दा हाइ प्रोफाइल स्मार्टफोन हुने बुझिएको छ। पी ५० सरिज आगामी जुलाइ २९ मा सार्वजनिक हुने चर्चा चलिरहेको छ।

केही समय अघि मेट ४० सार्वजनिक हुने क्रममा ह्वावेका कन्जुमर बिजनेसका कार्यकारी रिचरड युले कमुपनीले १२० वाट तथा २०० वाट आउटपुटको परीक्षण गरिरहेको बताए पनि त्यो विभिन्न कारणले सार्वजनिक भने गरिएको छैन।

कम्पनीले १३५ वाट फास्ट चार्जरको पनि अनुमित पाएकाले ९०वाट फास्ट चार्जर शुरुवाती चरणको हुने आकलन गर्न सकिन्छ।

प्रकाशित: २९ असार २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार