भर्जिन ग्यालेक्टिकको वाहन अन्तरिक्ष यान नभइ ‘हाइ अल्टिचुड विमान’ मात्रै हो: बेजोस

  • Technology Khabar | २८ असार २०७८, सोमबार
भर्जिन ग्यालेक्टिकको वाहन अन्तरिक्ष यान नभइ ‘हाइ अल्टिचुड विमान’ मात्रै हो: बेजोस

काठमाडौं ।

अर्बपति तथा अमेजनका संस्थापक जेफ बेजोसले भर्जिन ग्यालेक्टिकको रकेट-युक्त अन्तरिक्ष वाहनलाई हाइ अल्टिच्युड विमान मात्रै भएको भन्दै होच्याएका छन्।

आफ्नै अन्तरिक्ष कम्पनी ब्लू ओरिजन मार्फत् केही समयमा अन्तरिक्षको अक्षसम्म अन्य यात्रीहरुसहित उडान गर्ने योजनामा रहेका बेजोसले आफूभन्दा अगाडि नै यात्रुसहित अन्तरिक्षमा गएका रिचर्ड ब्रान्सन तथा भर्जिन ग्यालेक्टिकका बारेमा यस्तो धारणा राखेका हुन्।

ब्लू ओरिजिनले गत शुक्रबार ट्वीट गर्दै आइतबार भर्जिन ग्यालेक्टिकका संस्थापक रिचर्ड ब्रान्सन सहित उडेको उक्त विमानले अन्तरिक्ष शुरु हुने कार्मन रेखा पनि पार गर्न नसक्ने बताएको थियो।

ब्लू ओरिजिनले संस्थाका अध्यक्ष जेफ बेजोससहित आगामी जुलाइमा उड्ने आफ्नो न्यू शेफर्ड रकेटले कार्मन रेखा पार गरेर पृथ्वीभन्दा १०० किलोमिटर माथिसम्म पुग्ने दावी पनि गरेको छ।

रिचर्ड ब्रान्सनको अन्तरिक्ष वाहन भने पृथ्वीभन्दा ८५ किलोमिटर माथिसम्म पुगेर सकुशल अवतरण पनि गरिसकेको छ।

एरोनटिकल स्पोर्टस् तथा रेकर्ड क्षेत्रको नियामक संस्था द फेडेरेशन अफ एरोनटिक इन्टरनेशनलले कार्मन रेखामा अन्तरिक्षको सीमा कोर्ने गर्दछ। अमेरिकाको मिलिटरी एन्ड नेशनल एरोनटिक्स तथा स्पेश एडमिनिस्ट्रेशनले पहिले पृथ्वीबाट ८० किलोमिटरमाथिबाट अन्तरिक्षको सीमा शुरु हुने व्याख्या गर्दै आएको थियो।

भर्जिन ग्यालेक्टिकको भीएसएस यूनिटी वाहनले उक्त सीमा छिचोलेर ५५ माइल अर्थात् ८८ किलोमिटरसम्म उडान गर्ने लक्ष्य राखेकामा ८५ किलोमिटरसम्म पुग्न सफल भएको छ।

प्रकाशित: २८ असार २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

के यो संसारको सबैभन्दा सानो कार हो?

  • Technology Khabar
  • २८ असार २०७८, सोमबार