
काठमाडौं ।
अमेजन डट इंकले यसको अनलाइन स्टोरहरू सामान्य सेवाहरूमा फर्किएको बताएको छ । केहि समयअघि अमेजनमा ग्लोबल आउटेजले यसको विभिन्न देशका साइटहरूमा किनमेल गर्न बाधा पुर्याएको थियो ।
आउटेज निगरानी वेबसाइट डाउडिटेक्टरका अनुसार सेवाहरू करीव दुई घण्टा अवरुद्ध भएका थिए र अवरोधको चरम अवस्थामा, ३८हजार भन्दा बढी प्रयोगकर्ताले रिपोर्ट गरेका थिए । जसले अमेजनका अनलाइन स्टोरहरूको समस्या देखाएको थियो
तिनीहरू आइतबार साँझ संयुक्त राज्य अमेरिकामा र सोमबार बिहान संसारको बाँकी भागमा डाउन भएका थिए ।
“केही ग्राहकहरूले किनमेल गर्दा अस्थायी रूपमा समस्याहरू भोग्नुपरेको थियो। हामीले यस विषयलाई सुल्झाइसकेका छौं र सबै चीजहरूअब सहजै चलिरहेको छ,” अमेजनका प्रवक्ताले भने।
प्रवक्ताले यस वेबसाइट डाउन हुनुको कारणको बारेमा टिप्पणी गर्न अस्वीकार गरेका छन् ।
जुन महिनाको अन्तदेखि यो दोस्रो व्यापक अवरोध थियो जब प्रयोगकर्ताहरूले सेवाहरू पुनर्स्थापना हुनुभन्दा अघि एलेक्सा र प्राइम भिडियो सहित अमेजन प्लेटफार्महरूमा एक संक्षिप्त आउटेज अनुभव गरे। एजेन्सी
प्रकाशित: २८ असार २०७८, सोमबार