नयाँ डिजाइनको आईप्याड मिनी यसै वर्षको सेप्टेम्बरमा आउने

  • Technology Khabar | २८ असार २०७८, सोमबार
नयाँ डिजाइनको आईप्याड मिनी यसै वर्षको सेप्टेम्बरमा आउने

काठमाडौं ।

एप्पलले आफ्नो ९ वर्षको अन्तरालमा डिजाइनमा सबैभन्दा धेरै परिवर्तनसहित ल्याउन लागेको आईप्याड मिनी सेप्टेम्बरको हाराहारी सार्वजनिक हुने बुझिएको छ।

९टू५म्याकमा उपलब्ध यो आधािकारिक जानकारी ब्लूमबर्गका मार्क गर्मनले आफ्नो रिपोर्टमा उल्लेख गरेका हुन्।

यो डिभाइसमा पातलो बेजल, ठूलो डिस्प्ले, द्रुत प्रदर्शन तथा एप्पलको गत वर्षक आएको नयाँ आईप्याड एयरको जस्तै डिजाइन रहने म्याकरुमर्सले जनाएको छ।

सन् २०१२ यता डिजाइनमा कुनै परिवर्तनविना निरन्तर आइरहेको यो डिभाइस अबको परिमार्जनसहित आउँदा यसकोफ बिक्री बढ्ने र एप्पलको आम्दानीमा उल्लेख्य योगदान पुर्याउन सक्ने आकलन गरिएको छ।

यो जानकरी एप्पलका आउँदै गरेका डिभाइसबारे ब्लूमबर्गको योभन्दा अगाडिको रिपोर्टसँग मेल खान जान्छ। गत महिना आएको उक्त रिपोर्टमा आउँदै गरेको नयाँ डिभाइसमा बेजल पातलो बनाउन होम बटन हटाइने बताइएको थियो।

हालैको एक रिपोर्ट अनुसार आईप्याड एयरको जस्तै डिजाइन भएकाले यसमा टच आईडी सेन्सर साइडमा रहेको पावर बटनमा दिइने आकलन गरिएको छ।

गत वर्ष विश्लेषक मिङ चि कुओले एप्पलको आगामी आईप्याड मिनीमा ८.५ देखि ९ इन्चसम्मको स्क्रीन हुनसक्ने प्रक्षेपण गरेका थिए।

प्रकाशित: २८ असार २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार