मोबाइलको आईएमईआई नम्बर के हो? सेक्रेट कोड डायल गरेर कसरी थाहा पाउने?

  • Technology Khabar | २८ असार २०७८, सोमबार
मोबाइलको आईएमईआई नम्बर के हो? सेक्रेट कोड डायल गरेर कसरी थाहा पाउने?

काठमाडौं ।

मोबाइल किन्ने बेला त्यसको बक्समा  मोबाइलका सबै स्पेसिफिकेशनको साथमा आईएमईआई नम्बर पनि लेखिएको हुन्छ।

आईएमईआईको पूरा रुप इन्टरनेशनल मोबाइल स्टेशन इक्विपमेन्ट आइडेन्टिटी हो। आईएमईआई नम्बर प्रत्येक मोबाइलमा फरक फरक हुन्छ। यो फोनको परिचय नम्बर जस्तै हो जुन अरुसँग मिल्दैन।

फोन हराएको खण्डमा यसैका माध्यमबाट खोजिन्छ। प्रहरीमा मोबाइल हराएको जानकारी गराउँदा आईएमईआई नम्बर जरुरी हुन्छ। यसैका आधारमा प्रहरीले फोनलाई ब्लक गरिदिन्छन्।

फोनको प्याकेजिङ बक्स सधैं सम्हालेर राख्न गाह्रो हुन्छ। कहिलेकाहीँ थाहा नपाइ यस्ता महत्वपूर्ण  जानकारी समेटिएको प्याकेजिङ बक्स हराउन पनि सक्छ।

त्यति मात्र नभइमोबाइल किन्दाको नगदी रसिद पनि हराउन सक्छ। यस्तो बेलाआईएमईआई जस्तो महत्वपूर्ण जानकारी आवश्यक परेमा समस्या उत्पन्न हुन्छ।

साउन १ गतेदेखि नेपालमा आईएमईआई दर्ता नभएका मोबाइल नचल्ने नियम लागू हुँदैछ। यस्तोमा तपाईँको मोबाइलको आईएमईआई नम्बर थाहा पाउनुपर्दा यो तरिका निकै लाभदायी हुन सक्छ।

यसरी थाहा पाउनुस्

एन्ड्रोइडमा फोनका स्पेसिफिकेशन थाहा पाउन थुप्रै गोप्य कोडहरु हुन्छन् जसलाई यूएसएसडी कोड भनिन्छ।

मोबाइलको आईएमईआई नम्बर पनि यूएसएसडी कोडमार्फत् थाहा पाउन सकिन्छ। त्यसका लागि *#06# डायल गर्नुपर्छ।

त्यसपछि मोबाइलको स्क्रीनमै उक्त सेटको यूनिक आईएमईआई नम्बर देखा पर्छ।

प्रकाशित: २८ असार २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार