Technology Khabar २ पुष २०७२, बिहीबार
काठमाडौं ।
काठमाडौं, २ पुस । अब प्रयोगकर्ताले कुनैपनि काल्पनिक र गलत नाममा फेसबुकमा एकाउन्ट खोल्न नपाउने भएको छ । यसअघि कसैले पनि काल्पनिक नाम वा गलत नाममा फेसबुक एकाउन्ट खोल्न सक्ने व्यवस्था रहेको थियो ।
कम्पनीले फेक नेम प्रोफाइलको दूरुपयोग भएको भन्दै अब रियल नेम (Real Name) अर्थात सहि नाममा मात्र एकाउन्ट खोल्न तथा प्रोफाइल बनाउन पाईने नीति लागु गरेको छ । कम्पनीले एक ब्लग पोस्ट गर्दै नयाँ नियमको बारेमा जानकारी दिएको हो ।
फेसबुकको यो रियल नेम पोलिसीअन्तरगत यूजरले एकाउन्ट बनाउने बेलामा नाम तथा उमेरको साथै आफ्नो केहि विवरण पनि दिनुपर्ने हुन्छ । यसले यूजरलाई आफ्नो नाममा नै फेसबुक एकाउन्ट खोलेको सुनिश्चित हुनेछ ।
यो नयाँ सिस्टममा एलजीबीटी (LGBT) तथा ‘नन वेस्टर्न नेम'(Non Western Name) जस्ता फीचरपनि राखिएका छन् । यो नयाँ नियमलाई कम्पनीले अमेरिकामा हिजझबाट नै लागु गरेको छ भने अन्य देशहरुमा बिस्तारै लागु हुने जानकारी दिएको छ ।
फेसबुकले नयाँ पोलिसी लागु गर्नुभन्दा पहिले विभिन्न अनुसन्धान गरेको र कयौं सामुदायका नेतृत्ववर्गसँग तथा सुरक्षा संस्थाहरुसँग कुराकानी गरेको थियो । फेसबुकका चीफ प्रडक्ट अफिसर क्रिश कोक्सकाअनुसार कम्पनीले रियल एकाउन्ट तथा फेक एकाउन्ट (Fake Account) थाहा पाउनका लागि आगामी दिनमा नयाँ फीचर्स ल्याउनेछ । रियर नेम एकाउन्टका लागि फेसबुकले भएका फीचर्सहरमा पनि केहि परिवर्तन गरेको छ ।
हरेकाका लागि, विशेषगरी सिमान्तकृत समुदायहरु जो पिछडिएका छन र अनुहारको भेदभावमा रहेका छन्, उनीहरुसँग राम्रो काम गर्न नयाँ फीचर ल्याएको कम्पनीका ग्लोबल अपरेशनका उपाध्यक्ष जस्टिन ओसोफकाई तथा प्रडक्ट म्यानेजर टोड गेजले फेसबुकको ब्लगमा उल्लेख गरेका छन् ।
यदि कुनै यूजरले फेक एकाउन्टको बारेमा फेसबुकलाई जानकारी दिन चाहन्छ भने यसका लागि कम्पनीले प्रकृयालाई केहि कठिन बनाएको छ । पहिले यूजरले फेक एकाउन्टको बरोमा फेसबुकलाई सजिलै जानकारी दिनसक्दथे भने अब यसका लागि प्रयोगकर्ताले यो एकाउन्ट फेक किन लाग्यो भनेर बिवरण दिनुपर्नेछ ।
त्यसैगरी फेसबुककाअनुसार यूजरद्धारा एकाउन्ट बनाईसकेपछि एक साताभित्र कम्पनीको कर्मचारी एकाउन्ट भेरिफाई गर्नेछन्। यो समयक्रममा यूजरले सामान्यरुपमा आफ्नो एकाउन्ट संचालन गर्न पाउनेछ । तर एकाउन्टको बारेमा कुनै आशंका भएमा कम्पनीले यूजरसँग सम्पर्क गर्नेछ र थप विबरण माग गर्नेछ अथवा सो एकाउन्टलाई सस्सपेण्ड गर्नेछ ।
प्रकाशित: २ पुष २०७२, बिहीबार