२०२५ सम्म विश्व जनसंख्याको आधाभन्दा बढीले मोबाइल वालेट प्रयोग गर्ने: अध्ययन रिपोर्ट

  • Technology Khabar | २५ असार २०७८, शुक्रबार
२०२५ सम्म विश्व जनसंख्याको आधाभन्दा बढीले मोबाइल वालेट प्रयोग गर्ने: अध्ययन रिपोर्ट

काठमाडौं ।

विश्वका आधा जनसंख्याले सन् २०२५ सम्ममा मोबाइल वालेट प्रयोग गर्ने तथ्यांक सार्वजनिक भएको छ ।

विश्वकै पहिलो मोबाइल वालेट नेटवर्क संचालन गर्ने कम्पनी बोकुले हालै सार्वजनिक गरेको तथ्यांकअनुसार आगामी ४ वर्षभित्र दुईमध्ये एक जनासँग  मोबाइल वालेट हुनेछ।

वाकूले जुनिपर रिसर्चसँगको सहकार्यमा सार्वजनिक गरेको मोबाइल वालेट २०२१ रिपोर्टकाअनुसार सन् २०२० को अन्त्यसम्ममा २ अर्ब ८० करोड भन्दा धेरै मोबाइल वालेट एकाउन्टहरु विश्वभर प्रयोगमा रहेका छन् ।

रिपोर्टकाअनुसार सो संख्या सन् २०२५ सम्म ७४ प्रतिशतले वृद्धि हुँदै ४ अर्ब ८० करोड मोबाइल वालेट पुग्नेछ । जून त्यस बेलाको जनसंख्याको करिब ६० प्रतिशत हुने बताईएको छ ।

रिपोर्टमा सबैभन्दा द्रुत बृद्धि भइरहेको बजारहरू क्रमशः दक्षिण पूर्व एशिया, ल्याटिन अमेरिका, अफ्रिका र मध्य पूर्व हुन्, जहाँ मोबाइल वालेटहरूले अधिक सुविधाजनक डिजिटल भुक्तानको लागि नगद र कार्डहरूलाई विस्थापन गर्दैछन्।

“जब मोबाइल वालेटहरू विश्वव्यापी रूपमा प्रयोग भइरहेको छ, हामी आज दुई फरक प्रकारहरूले प्रयोग भइरहेको देख्छौं। एउटा हो कार्डमा आधारित मोबाइल वालेटहरू, जस्तै एप्पल पे र गुगल पे, जुन व्यक्तिसँग पहिले नै भएका कार्डहरूमार्फत भुक्तान गर्न सजिलो तरीका प्रदान गर्दछ। अर्कोतर्फ स्टोरेज गरिएका अलीपे र ग्र्याबपे जस्ता मोबाइल मोबाइल वालेटहरू छन्, जसले उपभोक्ताहरूलाई डिजिटल नगदमार्फत लेनदेन गर्न सक्षम बनाउँछ र उदाउँदो बजारमा तिब्रगतिले बढ्दो ईकमर्स क्षेत्रका साथ लोकप्रिय छ,” बोकुका प्रमुख उत्पादक अधिकृत एडम लीले भने।

२०१९ मा, मोबाइल वालेटहरूले क्रेडिट कार्डलाई पछाडि पारेको थियो र विश्वव्यापी रूपमा सबै भन्दा धेरै प्रयोग हुने भुक्तानीको प्रकार बन्यो । र हाल महामारीको अवधिमा अनलाइनमाध्यममा रुपान्तरण हुँदै गर्दा त्यसमा तिब्रता ल्याएको छ।

‘बढ्दो बजारहरूमा नयाँ कदम तर्फ अग्रसर गराई मोबाइल वालेटहरूको प्रयोग विश्वभर कयौं गुणा बढिरहेको छ,’ रिपोर्टमा भनिएको छ ।

प्रति वर्ष १ अर्ब डलर भन्दा धेरै कारोबार गर्ने मोबाइल वालेटको संख्या २७ प्रतिशतले बढ्नेछ, २०२० मा ५४ वालेटबाट २०२५ सम्ममा ६९ वालेटमा पुग्ने रिपोर्टमा उल्लेख छ। यो बहुमूल्य ग्राहकहरू लिन खोज्ने व्यापारीहरूलाई आकर्षक अवसर प्रदान गर्दछ, जसमध्ये धेरैले मात्र मोबाइल वालेटको प्रयोग गर्छन्।

बोकुका सीईओ जोन प्रिडक्स भन्छन्: “हामी मोबाइल वालेटबाट नेतृत्व गरिएको भुक्तानीमा पाराडाइम परिवर्तन देखिरहेका छौं। मोबाइल वालेटहरूले डिजिटल भुक्तानीको लागि बाधा कम गरेका छन र समानन्तरमा, अर्बौं नयाँ उपभोक्ताहरूलाई ईकमर्समा जोडिरहेको छ।”

पछिल्लो समयमा नेपालमा पनि मोबाइल वालेटहरु लोकप्रिय हुँदै आएका छन् । कोरोना महामारीका कारण र निषेधाज्ञाले गर्दा अनलाइन कारोबार र भुक्तानीमा वृद्धि हुँदैछ ।

नेपाल राष्ट्र बैंकको मासिक प्रतिवेदन अनुसार वैशाख मसान्तसम्ममा मोबाइल वालेटमार्फत गरिएको कारोबार संख्या १ करोड ७ लाख ४३ हजार ५११ रहेको छ।

यो पनि हेर्नुस्-

मोबाइल वालेटमार्फत हुने कारोबार रकम एक महिनामा ९३ करोड रुपैयाँले ओरालो

प्रकाशित: २५ असार २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार