सार्वजनिक स्थानको चार्जिङ्ग पोर्टबाट डाटा चोरी हुनसक्ने, चार्ज गर्दा यी विषयहरुमा ध्यान दिनुस्

  • Technology Khabar | २५ असार २०७८, शुक्रबार
सार्वजनिक स्थानको चार्जिङ्ग पोर्टबाट डाटा चोरी हुनसक्ने, चार्ज गर्दा यी विषयहरुमा ध्यान दिनुस्

काठमाडौं ।

हामी हाम्रो फोनको ब्याट्री कहिले कम होस भनेर चाहँदैनौं । कतै बाहिर जाँदा पनि त्यहाँ फोनको फुल चार्ज गर्ने  प्रयास रहन्छ । त्यस्तै कुनै पनि सार्वजनिक स्थान जस्तै बस स्ट्यान्ड, सपिङ मल, कार्यालय इत्यादि जहाँ चार्जिंग पोर्ट उपलब्ध हुन्छ त्यस बेला हामी  चार्ज गरिहाल्छौं । हामी चार्जका लागि यूएसबी केबल फोनमा चार्ज गर्न प्रयोग गरिहाल्छौं।

तर के तपाईँलाई थाहा छ जस्तोसुकै यूएसबी पोर्टमा जोड्दा फोन चार्ज गर्न सकिन्छ तर ह्याकरहरुले त्यही फोनबाट डाटा समेत चोर्न सक्दछन् ?

यूएसबी केबल खाली चार्जिंगको लागि मात्र काममा आउँदैन यसमार्फत फोनको डाटा ट्रान्सफर पनि गर्न सकिन्छ। तर जुन बेला तपाईँले सार्वजनिक स्थानमा फोन चार्ज गर्नुहुन्छ त्यसबेला तपाईँको फोनको डाटा समेत ट्रान्सफर हुनसक्छ ।

डाटा चोरीको यस प्राविधिक कार्यलाई ज्याकिङ्ग फ्रड का नाम दिइएको छ। यस किसिमको ह्याकिङ्गमा युएसबी केबलको फोनबाट डाटा चोरिन्छ तर यस बारेमा युजर्सलाई जानकारी नै हुँदैन् ।

ह्याकर्सले सार्वजनिक स्थानमा राखिएका यूएसबी पोर्टहरूमा छेडछाड गर्छन्,र यसलाई उनीहरूको डिभाइसमा कनेक्ट गर्दछन्। जब कुनै अन्य व्यक्तिले आफ्नो फोनलाई यी पोर्टहरूमा चार्ज गर्नका लागि राख्छ, त्यस समयमा ह्याकरहरूले फोनको सबै डाटा कपी गर्दछन्।

यी गल्तिहरुबाट बच्नुस्

> सार्वजनिक स्थान जस्तै बस स्ट्यान्ड, एयरपोर्ट, मल, सिनेमा हल, अस्पताल वा कुनै कार्यालय नजिकका स्थानहरूमा राखिएका चार्जिंग पोर्टको प्रयोग नगर्नुहोस्।

> यदि यो पोर्टहरूमा फोन चार्ज गर्न आवश्यक नै परेको खण्डमा फोनलाई अफ गरेर मात्र चार्ज गर्नुहोस्।

> यदि तपाईँको फोन चार्जिंगको समयमा अन नै छ भने चार्ज गर्ने क्रममा फोन डाटा ट्रान्सफर अनुमति बन्द गर्नुहोस्। केबल चार्जको मात्र अनुमति  दिनुहोस् ।

> यदि पावर प्लग उपलब्ध छ भने तपाईंको आफ्नै चार्जिंग एडेप्टरमा फोन चार्ज गर्नुहोस्, सिधै अन्य युएसबी सकेटमा केबल नहाल्नुहोस् ।

माथि भनिएका चरणहरूले पुरै डाटा चोरी रोक्छन भन्ने सुनिश्चितता छैन त्यसैले यसमा आफैं सजग हुनुहोस् ।

सार्वजनिक स्थानहरूमा चार्जिंग नै नगर्नु सबैभन्दा राम्रो र सुरक्षित विषय हो । सकेसम्म यात्राको समयमा अतिरिक्त पावर बैंक बोक्नु ठिक हुनेछ । त्यसैगरि फोनमा एन्टिभाइरस राख्नुहोस् । यसले अन्य मालवेयरबाट पनि सुरक्षित राख्दछ ।

प्रकाशित: २५ असार २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार