एप्पलले आउँदो वर्ष १०.९ इन्च ओएलईडी आईप्याड ल्याउने

  • Technology Khabar | २४ असार २०७८, बिहीबार

काठमाडौं ।

एप्पलले आगामी वर्ष अर्थात् २०२२ मा १०.९ इन्च ओएलईडी डिस्प्लेयुक्त आईप्याड ल्याउने भएको छ।

हालै बाहिरिएको एक डिस्प्ले सप्लाइ चेन कन्सल्ट्यान्ट्सको एक रिपोर्ट अनुसार कम्पनीले आगामी वर्ष एमोलेड डिस्प्लेयुक्त आईप्याड ल्याउने भएको हो।

उक्त रिपोर्टमा उल्लेख भएको तथ्य केही समय यता चर्चामा आएका केही चर्चाहरुसँग मिल्न गएका छन् जसमा एप्पलले आईप्याड मोडलमा ओएलईडी प्रयोग गर्दैछ भन्ने तथ्य बाहिर ल्याएका थिए।

यसबाहेक एप्पलले २०२३ मा आउने भनिएका ११ र १२.९ इन्चका आईप्याड प्रो मोडलहरुमा पनि ओएलईडी डिस्प्ले प्रयोग गर्ने बुझिएको छ।

डिस्प्ले सप्लाइ चेन कन्सल्ट्यान्ट्सले कम्पनीले सन् २०२२ मा आफ्नो पहिलो तथा १०.९ इन्चको तथा २०२३ मा अन्य दुई साइजका ओएलईडी प्यानलयुक्त आईप्याड ल्याउने कुराको पुष्टि गरेका छन्।

यिनीहरुमा प्रयोग हुने ओएलईडी डिस्प्ले प्यानलहरु सामसङ डिस्प्लेद्वारा आपूर्ति गरिनेछ। तत्कालका लागि उपलब्ध १०.९ इन्च साइजको आईप्याड भनेको आईप्याड एयर हो। त्यसैले २०२२ मा आउन लागेको भनिएको आईप्याड हालको आईप्याड एयरकै ओएलईडी भर्सन हुनसक्ने आकलन गरिएको छ।

प्रकाशित: २४ असार २०७८, बिहीबार

तपाइको प्रतिक्रिया

ताजा समाचार