श्रीलंकन टेक्नोलोजिकल क्याम्पसले ८ जना नेपाली विद्यार्थीलाई छात्रवृत्ति दिने

  • Technology Khabar | २३ असार २०७८, बुधबार
श्रीलंकन टेक्नोलोजिकल क्याम्पसले ८ जना नेपाली विद्यार्थीलाई छात्रवृत्ति दिने
Sri Lanka Technological Campus (SLTC) is a long standing partner of RMIT Vietnam.

काठमाडौं ।

श्रीलंकन टेक्नोलोजिकल क्याम्पस (एसएलटीसी)ले ८ जना नेपाली विद्यार्थीलाई छात्रवृत्ति दिने भएको छ । छात्रवृत्ति आवेदन दिने समय ८ दिन थप गरिएको छ ।

यसअघि ३० जुन २०२१ सम्म छात्रवृत्तिका लागि आवेदन दिन पाइने समय भए पनि इक्यानको पहलमा छात्रवृत्तिका लागि आवेदन दिने म्याद थप गरी ८ जुलाई २०२१ सम्म पुर्याइएको हो ।

क्याम्पसले स्नातक तहको अध्ययनका लागि आईटी र कम्प्युटिङ डिग्री अध्ययन गर्न चाहने नेपाली विद्यार्थीका लागि क्लाउड कम्प्युटिङ, साइबर सेक्युरिटी, डाटा साइन्स, सफ्टवेयर इञ्जिनियरिङ जस्ता विषय अध्ययन गर्न चाहने विद्यार्थीलाई छात्रवृत्ति दिन लागेको हो ।

छात्रवृत्तिका लागि आवेदन दिन चाहने इच्छुक नेपाली विद्यार्थीहरुलाई थप गरिएको समय सीमाभित्र आवेदन दिन सक्ने इक्यानले जानकारी दिएको छ ।

छात्रवृत्तिका लागि आवेदन दिनका लागि विषयगत विवरण, निवेदन वा अन्य सम्बन्धमा थप जानकारीका लागि नेपालस्थित श्रीलंकन दूताबासको शाखा वा इक्यानको सचिवालयमा पनि सम्पर्क गर्न सकिने इक्यानको भनाइ छ ।

साथै विद्यार्थीले दुतावासको वेवसाइटमा गएर वा क्याम्पसको अनलाइन मार्फत् सोझै आवेदन दिन सक्ने बताईएको छ ।

प्रकाशित: २३ असार २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...