
काठमाडौं ।
सामसङ ग्यालेक्सी अनप्याक्ड कार्यक्रम आउँदो ११ अगस्तमा आयोजना हुन गइरहेको दक्षिण कोरियाली प्रकाशनको एक रिपोर्टमार्फत जानकारी दिइएको छ।
रिपोर्टले दावी गरेअनुसार सामसङले यस कार्यक्रममा कुल ५ वटा उत्पादनहरू ल्याउनेछ, जसमा सामसङ ग्यालेक्सी जेड फ्लिप, ग्यालेक्सी जेड फोल्ड, ग्यालेक्सी वाच, ग्यालेक्सी वाच एक्टिभ र ग्यालेक्सी बड २ सम्मिलित छन्।
सामसङ ग्यालेक्सी जेड फ्लिप २ को केही रेन्डरहरूले सुझाव दिन्छ कि सामसङको अर्को ठूलो इभेन्ट अगस्त ११ मा आयोजित हुनेछ।
डिजिटल डेलीको रिपोर्टका अनुसार सामसङको अर्को वार्षिक ‘ग्यालेक्सी अनप्याक्ड’ कार्यक्रम ११ अगस्तमा अनलाइनमार्फत हुनेछ। यो इभेन्ट कोरियाली समय अनुसार ११ बजे र नेपाली समयअनुसार राती करिब ७ः४५ बजे सुरु हुने दाबी गरिएको छ। सो इभेन्ट तपाईं सामसङको वेबसाइटमा साथै युट्युब च्यानलमा लाइभ स्ट्रिम हेर्न सक्नुहुनेछ।
यसलाई आधिकारिकरूपमा सामसङद्वारा पुष्टि गरिएको छैन, तर यो मिति सही साबित हुन सक्छ किनकि कम्पनीका प्रमुख इभेन्टहरू सामान्यतया अगस्टमा नै हुने गर्दछ।
यस बर्षमा सम्पन्न हुने सामसङ ग्यालेक्सी अनप्याक्ड कार्यक्रममा प्रमुख भिन्नता लन्च हुने उत्पादनहरूको रेन्जमा रहेको छ। गत वर्ष आयोजित अनप्याक्ड कार्यक्रममा कम्पनीले ग्यालेक्सी नोट सीरीज स्मार्टफोनहरू सार्वजनिक गरेको थियो, तर यस वर्ष सामसङले यस कार्यक्रममा नयाँ उत्पादनहरू सुरू गर्न सक्दछ।
कम्पनीले सामसङ ग्यालेक्सी जेड फ्लिप ३, सामसङ ग्यालेक्सी जेड फोल्ड ३, फोल्डेबल स्मार्टफोन, ग्यालेक्सी वाच ४, ग्यालेक्सी वाच एक्टिभ ४ स्मार्टवाच, सामसङ ग्यालेक्सी बड्स २ ट्रू वायरलेस स्टेरियो ईयरफोन्स समावेश हुनेछ।
प्रतिवेदनका अनुसार सामसङ ग्यालेक्सी जे फोल्ड ३ र सामसङ ग्यालेक्सी जेड फ्लिप ३ स्मार्टफोनको बिक्री अगस्ट २७ देखि सुरु हुन सक्छ।
प्रकाशित: २२ असार २०७८, मंगलवार