राइड सेयरिङ एप डीडीलाई चिनियाँ एप स्टोरमा सेवा रोक्न आदेश

  • Technology Khabar | २१ असार २०७८, सोमबार
राइड सेयरिङ एप डीडीलाई चिनियाँ एप स्टोरमा सेवा रोक्न आदेश

काठमाडौं ।

चीनले लोकप्रिय राइड सेयरिङ एप डीडीको चिनियाँ एपलाई नयाँ दर्ता बन्द गर्न आदेश दिएको छ ।

साइबरस्पेस एडमिनिस्ट्रेसन अफ चाइनाले सो एपले गैरकानुनी तरिकाले प्रयोगकर्ताहरूको डाटा संकलन गरेको भन्दै स्मार्टफोनमा डीडी एप डाउनलोड गर्न रोक लगाउने निर्णय गरेको हो।

केही दिनअघि मात्रै न्युयोर्क स्टक एक्सचेन्जमा आइपिओबाट ४.४ अर्ब डलर उठाएर सूचीकृत भएको डीडीले अब चिनियाँ डाटा संरक्षण कानुनअनुसार आफ्नो एपमा परिवर्तन गर्नुपर्ने भएको छ।

डीडी चुजिङ्गलाई चीनको उबर भनेर चिन्ने गरिन्छ।

नियमनकारी निकायको नयाँ आदेशसँगै डीडीले नयाँ प्रयोगकर्ताका लागि रजिष्ट्रेसन रोकिएको र एप स्टोर्सबाट एप हटाइएको जनाएको छ।

सन् २०१२ मा चिनियाँ नागरिक विल चेङले बनाएको डीडी एपले पछिल्लो समय दैनिक औसतमा २ करोड मानिसलाई सेवा दिने गरेको थियो। चीन बाहेक अन्य १५ बजारमा पनि उसको सेवा विस्तार भएको थियो।

यसअघि एप डाउनलोड गरिसकेका चिनियाँहरूले भने अहिले पनि डीडीको सेवा प्रयोग गर्न पाउने बताईएको छ।

पछिल्लो दिनमा चीन सरकारले आफ्ना जायन्ट टेक कम्पनीहरुमाथि कडा कदम चाल्दै आएको छ। एजेन्सी

प्रकाशित: २१ असार २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...