
काठमाडौं ।
एप्पलले सन् २०२२ र २०२३ मा गरी तीन नयाँ भेरियन्टका आईप्याड सार्वजनिक भएको छ।
हालै कोरियाली सञ्चारमाध्यम दइलेकमा आएको एक खबर अनुसार यी तीन ओटामध्ये २ ओटा भेरियन्ट सन् २०२३ मा आउने र बाँकी एउटा भेरियन्ट आगामी वर्ष अर्थात् सन् २०२२ भित्रै बजारमा आउने भएका हुन्।
यी तीन ओटै भेरियन्टका डिभाइसमा रहेको मुख्य समानता भनेको यिनीहरुमा प्रयोग गरिएका ओलईडी प्यानल हुन्।
दइलेकको उक्त रिपोर्टअनुसार २०२२ मा आउने आईप्याडको साइज १०.८६ इन्चको हुनेछ। यो साइज हाल चलिरहेका आईप्याड एयरको साइज बराबर हो।
यसरी हेर्दा अर्को वर्ष आउने भनिएको आईप्याड अहिलेको आईप्याड एयरको नेक्स्ट जेनेरेशन भर्सन हुने र यसमा ओएलईडी प्यानल राखिनेछ।
एप्पलले यसमा प्रयोग गर्ने ओएलईडीलाई सुरक्षित राख्न थिन फिल्म एन्क्याप्सुलेशन अर्थात् टीएफई प्रविधि प्रयोग गर्ने पनि बुझिएको छ।
यसैगरी सन् २०२३ मा आउने आईप्याडमा १२० हर्ज रिफ्रेश रेट भएको १२.९ र ११ इन्चको एलटीपीओ प्यानल रहने बताइएको छ।
एलटीपीओ प्यानलले अन्य प्यानलको दाँजोमा कम उर्जा खपत गर्ने साथै यसको रिफ्रेश रेट पनि बढी हुने मान्यता छ।
प्रकाशित: १७ असार २०७८, बिहीबार