
काठमाडौं ।
यो वर्षको दोस्रो त्रैमासमा एप्पलको म्याक र आईप्याडले गरेको आम्दानी गत वर्षको भन्दा निकै धेरै छ।
म्याकले बर्सेनि वृद्धिमा ७० प्रतिशत तथा आईप्याडले ७८ प्रतिशत वृद्धि गरेको छ। यो अवधिमा म्याकको कमाइ ९म१ लाख डलर तथा आईप्याडको कमाइ ७८ लाख डलर रहेको थियो।
यस हिसाबले एप्पलले यो वृद्धिको प्रवृत्तिलाई निरन्तरता दिन ठूला साइजका आईप्याड ल्याउन तयारी गरेको आकलन गरिएको छ। ब्लूमबर्गका अनुसार कम्पनीले १४ वा १६ इन्चसम्मका आईप्याड ल्याउन सक्नेछ।
ब्लूमबर्गका एक स्तम्भकार गर्मनका अनुसार एप्पलका इन्जिनियर तथा डिजाइनरहरु ठूलो साइजको आईप्याडको सम्भाव्यता अध्ययन गरिरहेका छन्।
कम्पनीको तत्कालको चिन्ता भनेको सन् २०२२ का लागि आईप्याड प्रो सिरिजको माग अनुसारको उत्पादन गर्नु हो।
हाल १२.९ इन्च मिनी एलईडी डिस्प्लेका साथ सार्वजनिक भएको छ भने चिप अभावका कारण ११ इन्चको भर्सन सार्वजनिक हुन सकेन। त्यसमाथि १४ र १६ इन्चका मिनी एलईडी प्यानल यसै वर्षको अन्त्यतिर आउने नयाँ म्याकबुकमा प्रयोग हुनेछन्।
प्रकाशित: १५ असार २०७८, मंगलवार