
काठमाडौं ।
सन् २०१९ मा घोषणा भएको सामसङ ग्यालेक्सी ए२० एन्ड्रोइड ९ पाइ अपरेटिङ सिस्टमसहित सार्वजनिक भएको थियो। यसमा दुई हप्ताअघि एन्ड्रोइड ११ मा आधारित वन यूआई ३.१ अपडेट उपलब्ध भएको छ।
शुरुमा यो अपडेट रुसमा उपलब्ध भएको र त्यसपछि हालै भारतमा पनि विस्तार हुने भएको हो।
ग्यालेक्सी ए२० का लागि एन्ड्रोइड ११ को अपडेट ए२०५एफएक्सएक्सयूएसीयूएफ३ फर्मवयर भर्सनमा उपलब्ध हुनेछ।
यसमा २०२१ को एन्ड्रोइड सेक्युरिटी प्याच समावेश हुनुका साथै एन्ड्रोइड ११ मा भएका च्याट बबल र वन टाइम पर्मिशनसहित भएको नयाँ डिजाइनको यूआई रहनेछ।
यो अपडेट केही हप्ताभित्रै भारतमा उपलब्ध सबै सेटहरुमा पुग्ने जनाइएको छ। आफ्नो डिभाइसमा अपडेट उपलब्ध छ कि छैन भनेर मोबाइलको सेटिङ्समा गएर सफ्टवयर अपडेट मेनुमा पनि हेर्न सकिन्छ।
प्रकाशित: ११ असार २०७८, शुक्रबार