चारवटा अनलाइन प्रेस काउन्सिल नेपालको कालो सूचिमा

Technology Khabar १० असार २०७८, बिहीबार

काठमाडौं ।

प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिता उल्लंघन गरेको विषयमा विभिन्न अनलाइनलाई लिखित पत्र काटेको छ।

काउन्सिलले विहीबार विज्ञप्ति जारी गर्दै चारवटा अनलाइनलाई कालो सूचिमा राखेको जनाएको छ भने १३ वटा अनलाइन र एक सञ्चार विज्ञलाई लिखित पत्र काटेको जनाएको हो ।

काउन्सिलले पछिल्लो १५ दिनमा १५ वटा वेभपोर्टल नेपालभित्र सम्प्रेषण हुन नसक्ने व्यवस्थाका लागि नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्राचार गरेको समेत विज्ञप्तिमा जनाइएको छ ।

यसैबीच पछिल्लो समय रुपा सुनवार र सरस्वती प्रधानको सन्दर्भमा विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा सम्प्रेषित समाचार तथा समाचार सामग्रीप्रति समेत प्रेस काउन्सिल नेपालको ध्यानाकर्षण भएको छ ।

पत्रकार आचारसंहिता, २०७३ ९पहिलो संशोधन, २०७६० को दफा ५९२० मा ‘पत्रकार तथा सञ्चारमाध्यमले जातीय, लैङ्गिक, धार्मिक, क्षेत्रीय, भाषिक, राजनीतिक आस्था, वर्ण वा शारीरिक, मानसिक र स्वास्थ्य अवस्थाजस्ता कुनै पनि आधारमा कसैमाथि पनि भेद्भाव हुने वा घृणा उत्पन्न गर्नेगरी समाचार सामग्री उत्पादन / प्रकाशन / प्रसारण / वितरण गर्न हुँदैन’ भन्ने व्यवस्था रहेको हुँदा यस्ता समाचार सम्प्रेषण गर्दा यी पक्षमा ध्यान पुर्याउन सम्बन्धित सम्पूर्ण पत्रकार तथा आमसञ्चारमाध्यमको ध्यानाकर्षण गराइन्छ । यससम्बन्धमा सम्प्रेषित समाचार सामग्रीप्रति काउन्सिलले अनुगमन गरिरहेको समेत जानकारी गराउँदछौँ,’ विज्ञप्तिमा भनिएको छ। गोरखापत्रअनलाइनबाट

प्रकाशित: १० असार २०७८, बिहीबार

तपाइको प्रतिक्रिया