एलजी इलेक्ट्रोनिक्सद्वारा कोरियामा ८३ इन्चको ओएलईडी टीभी बिक्री शुरु

  • Technology Khabar | १० असार २०७८, बिहीबार
एलजी इलेक्ट्रोनिक्सद्वारा कोरियामा ८३ इन्चको ओएलईडी टीभी बिक्री शुरु

काठमाडौं ।

एलजी इलेक्ट्रोनिक्सले दक्षिण कोरियामा ८३ इन्चको ओएलईडी टीभीको बिक्री शुरु गरेको छ।

यसको बिक्री अर्को महिना अमेरिकामा पनि शुरु हुने कम्पनीले बताएको छ। ८३सी१ मोडल नम्बर भएको उक्त टीभी एलजीको हालसम्मकै सबैभन्दा ठूलो साइजको टीभी हो।

यो ओएलईडी टीभीमध्येकै सबैभनदा ठूलो साइजको हो भने यसले फोरके रेजोल्युशन पनि सपोर्ट गर्छ।

एलजीले आफ्नो ओएलईडी टीभीको लाइनअपमा ४८, ५५, ६५, ७७ र ८३ इन्च उपलब्ध गराउँदै आएको छ।

एलजीले ७० इन्चभन्दा माथि ११ वटा मोडलका टीभीहरु उपलब्ध गराएको छ।

हाल आएको ८३सी१ टीभीको मूल्य दक्षिण कोरियामा १ करोड ९ लाख वन तोकिएको छ। कम्पनीले जुनभित्र यो टीभी किन्नेलाई १० लाख वन क्याशब्याक दिने घोषणा पनि गरेको छ।

प्रकाशित: १० असार २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार