Technology Khabar १० असार २०७८, बिहीबार
काठमाडौं ।
अर्को वर्ष आउने एप्पलको आईफोन १४ सिरिजमा इन-डिस्प्ले फिंगरप्रिन्ट सेन्सर रहन सक्ने बजार विश्लेषक मिङ चि कुओले हालै लगानीकर्ताहरुलाई उपलब्ध गराएको टिप्पणीमा उल्लेख गरिएङ्को छ।
यो लाइनअपमा रेगुलर आईफोन १४, आईफोन १४ प्रव तथा आईफोन १४ प्रो म्याक्स रहनेछ।
कुओका अनुसार यो सिरिजको हाइ-इन्ड मोडलहरुमा ४८ मेगापिक्सेलको वाइड एङ्गल क्यामरा रहनेछ। सन् २०२२ मा आउने यो फोनको लाइनअपमा ‘मिनि’ सिरिज नरहने पनि बताइएको छ।
९टूम्याक मा आएको एङ्क रिपोर्टका कुओले एप्पलले ६.१ र ६.७ इन्च मोडलका दुई ओटा हाइ-इन्ड र दुई ओटा लो-इन्ड डिभाइस ल्याउनेछ। उनले यी सबै डिभाइस २०२२ को उत्तरार्द्धमा सार्वजनिक हुने प्रक्षेपण गरेका छन्।
यी सिरिजका डिभाइसमा हालसम्मका आईफोनभन्दा भिन्दै इन-डिस्प्ले फिंगरप्रिन्ट सेन्सर रहनेछ। यीमध्ये ६.७ इन्च मोडललाई आईफोन १४ प्रो म्याक्स भनिनेछ भने यसको मूल्य सबैभन्दा कम अर्थात् ९०० डलरको हाराहारीमा रहनेछ।
यसबाहेक एप्पलले यसै वर्ष ५.४ इन्चको आईफोन पनि ल्याउन सक्ने र यसको नाम आईफोन १३ मिनी वा आईफोन १२एस मिनी रहन सक्ने पनि बुझिएको छ।
प्रकाशित: १० असार २०७८, बिहीबार