Technology Khabar ९ मंसिर २०७२, बुधबार
काठमाडौं ।
काठमाडौं, ९ मंसिर । चीनियाँ स्मार्टफोन निर्माता कम्पनीले आफ्नो म्याराथन सिरिजको स्मार्टफोन एम फाइभ (marathon M5) भारतीय बजारमा सार्वजनिक गरेको छ ।
कम्पनीले म्याराथन एम फाइभ चीन भन्दा बाहिरको बजारमा पहिलो पटक सार्वजनिक गरेको हो । यो स्मार्टफोन यहि जुन महिनामा चीनमा सार्वजनिक गरिएको थियो ।
यो स्मार्टफोनको सबैभन्दा महत्वपूर्ण विषय भनेको यसमा रहेको ड्यूल ब्याट्री सेटअप नै हो । म्याराथुन एम मा ३,०१० एमएएचको २ वटा ब्याट्री राखिएको छ जसले कुल ६,०२० एमएएच पावर क्षमता राख्दछ । यसको ब्याट्रीले चार दिनसम्म स्मार्टफोन संचालन गर्न सकिने कम्पनीले दाबी गरेको छ ।
यसका साथै यसमा एक्स्ट्रीम मोड (extreme mode) पनि राखिएको छ जसले ५ प्रतिशतमात्र ब्याट्री भएको बेलामा पनि स्ट्याण्डबाई टाइमलाई ६२ घण्टासम्म पुर्याउने कम्पनीको दाबी छ । यो स्मार्टफोनले रिभर्स चार्जिग पनि सपोर्ट गर्दछ । यो फीचरले गर्दा अन्य डिभाइस चार्ज गर्नको लागि पावरब्यांकको रुपमा स्मार्टफोनलाई प्रयोग गर्न सकिन्छ ।
यसमा मिडियाटेकको एमटि६७५३ (MediaTek MT6753)चीपसेट प्रयोग गरिएको छ भने १.५ गीगाहर्जको क्वाड कोर सीपीयू राखिएको छ ।
एम फाइभमा ५.५ इन्चको एमोलेड (AMOLED) एचडी डिस्प्ले रहेको छ, जसको रिजोल्यूशन ७२०X१२८० रहेको छ ।
भारतमा लन्च गरिएको मोडलमा ३ जीबीको र्याम तथा ३२ जीबीको इन्टरनल स्टोरेज रहेको छ, जबकी चीनमा उपलब्ध संस्करणको एम फाइभ फोनमा २ जीबी र्याम तथा १६ जीबी इन्टरनल स्टोरेज रहेको छ ।
म्याराथन एम फाइभमा १३ मेगापिक्सेलको रियर क्यामरा तथा ५ मेगापिक्सेलको फ्रन्ट फेसिंग क्यामरा राखिएको छ ।
दुई सिम सपोर्ट गर्ने यो स्मार्टफोन एन्ड्रोयडको ललीपप ५.१ भर्सनमा आधारित छ भने यसैमा आधारित अमिगो ३.१ राखिएको छ । यो फोन ह्वाइट, ब्ल्याक एण्ड गोल्ड कलर अप्शनमा उपलब्ध रहेको छ भने यसको मूल्य भारतमा १७,९९९/- भारु अर्थात २७० अमेरिकी डलर तोकिएको छ । यो फोन फ्लीपकार्टमा मात्र खरिद गर्न सकिनेछ ।
प्रकाशित: ९ मंसिर २०७२, बुधबार