रियलमीले आफ्नो डिजो ब्रान्डको उत्पादन जुलाइ १ मा सार्वजनिक गर्ने

  • Technology Khabar | ८ असार २०७८, मंगलवार
रियलमीले आफ्नो डिजो ब्रान्डको उत्पादन जुलाइ १ मा सार्वजनिक गर्ने

काठमाडौं ।

चिनियाँ स्मार्टफोन कम्पनी रियलमीले अघिल्लो महिना आफुनो एआईओटी ब्रान्ड डिजो लाई सार्वजनिक गरेको थियो। 

यस ब्रान्डमार्फत् कम्पनीले स्मार्ट होम ग्याजेट, एसेसरिज, मनोरन्जनात्मक सामग्रीलगायतका उत्पादन हरु ल्याउने योजना बनाएको छ।

हाल डिजो आफ्नो पहिलो उत्पादन सार्वजनिक गर्नका लागि तयार रहेको र यसका लागि उसले आगामी जुलाइ १ तारिखलाई मिति तोकेको बुझिएको छ।

तत्कालका लागि कम्पनीका सीईओ माधव शेठ तथा अन्य कसैले पनि जुलाइ १ को इभेन्टमा के के सार्वजनिक हुनेछन् भन्ने खुलाएका छैनन्।

तर शपी भियतनामले भने डिजव गोपड, गोपड डी तथा डिजो वाचका बारेमा अघिल्लो हप्तादेखि झलकहरु प्रस्तुत गर्दै आएको छ। यी उत्पादनहरु रियलमी बड्स एयर २, बड्स क्यू तथा वाच २ लाई केही बाहिरी परिवर्तन गरी नयाँ ब्रान्ड नेम अन्तरगत ल्याइँदै गरेको बुझिएको छ।

लीक भएको विवरणअनुसार कम्पनीले ब्लूटूथ स्पीकर, भ्याक्युम रोबोट तथा द्ई ओटा फिचर फोन पनि सार्वजनिक गर्ने बुझिएको छ। साथमा टीडब्लूएस हेडफोन पनि सूचीको आकर्षणका रुपमा रहने छ।

प्रकाशित: ८ असार २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...