पठाओ, टुटललगायतका राइड शेयरिङ प्लेटफर्मको सेवा शुरू

  • Technology Khabar | ८ असार २०७८, मंगलवार
पठाओ, टुटललगायतका राइड शेयरिङ प्लेटफर्मको सेवा शुरू

काठमाडौं ।

काठमाडौं उपत्यकामा पठाओ/टुटललगायतका राइड शेयरिङ प्लेटफर्मको सेवा शुरू भएको छ । आजदेखि निषेधाज्ञा खुकुलो भएसँगै राइड शेयरिङ प्लेटफर्महरुले समेत सेवा शुरू गरेका हुन् ।

उपत्यकाभित्रका जिल्ला प्रशासन कार्यालयहरुले आजदेखि जोर बिजोर प्रणालीमा निजी सवारी साधन सञ्चालन गर्न दिने निर्णय गरेपछि राइड शेयरिङ प्लेटफर्म पनि सोहीअनुसार सञ्चालनमा आएका हुन् ।

सरकारले तोकेको मापदण्ड पुरा गरेर सेवा सुरु गरेको टुटल र पठाओ सेवा शुरू गरेका हुन् ।

उनीहरुले कोभिडको स्वास्थ्य मापदण्ड पुरा गरेर सेवा सञ्चालन गरिएको जानकारी दिएका छन् ।

कोरोना भाइरसको महामारी बढेसँगै काठमाडौं उपत्यकामा बैशाख १६ गतेदेखि गरिएको निषेधाज्ञासँगै राइड शेयरिङ प्लेटफर्म पनि बन्द भएका थिए ।

प्रकाशित: ८ असार २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...