काठमाडौं ।
कोरियाको एक रिपोर्ट अनुसार सामसङको आगामी एक्जिनोस चिपसेटका लागि बनाइएको एएमडीको कस्टम आरडीएनए २ ग्राफिक्स प्रोसेसरले हाल रहेको माली जीपीयूभन्दा ३० प्रतिशत बढी तीव्र प्रदर्शन गरेको छ।
यो परीक्षण ग्यालेक्सी एस२१ अल्ट्रामा रहेको एक्जिनोस २१०० सँग गरिएको थियो।
नेक्स्ट जेनेरेशन माली-जी७१० ले हालको माली जीपीयूभन्दा २० प्रतिशत बढी प्रदर्शन गर्ने आकलन गर्दा पनि आरडीएनए २ युक्त एक्जिनोसले त्योभन्दा अझै थप १० गुणा तीव्र प्रदर्शन गर्नेछ।
तर रिपोर्टका अनुसार एएमडीले विकास गरेको ग्राफिक्स प्रोसेसर थ्रोटलिङमा समस्या रहने र तिनीहरुले लामो समयसम्म क्लक स्पीड सन्तुलनमा राख्न नसक्ने देखिँदै आएको छ।
दोस्रो र तेस्रो परीक्षणका क्रममा यसको प्रदर्शन क्षमतामा क्रमश: २० र ३० प्रतिशतले ह्रासआएको देखिएको थियो।
कम्प्युटेक्स इभेन्टमा एएमडीका सीईओले कम्पनीले आउँदै गरेका एक्जिनोस चिपसेटका लागि आरडीएनए २ आर्किटेक्चर भएको जीपीयू ल्याउँदै गरेको बताएका थिए।
यो चिपसेट एक्जिनोस २२०० हुनसक्ने तथा आउँदै गरेका ल्यापटप देखि स्मार्टफोनसम्मा उपलब्ध हुने अपेक्षा गरिएको छ।
प्रकाशित: ७ असार २०७८, सोमबार