जेडी डटकममा एक सेकेन्डमा १० करोड युआनभन्दा बढीको आईफोन बिक्री

  • Technology Khabar | ७ असार २०७८, सोमबार
जेडी डटकममा एक सेकेन्डमा १० करोड युआनभन्दा बढीको आईफोन बिक्री

काठमाडौं ।

हालै ई-कमर्स प्लेटफर्म जेडी डटकममा एक सेकेन्डमा १० करोड युआनभादा बढीको आईफोन बिक्री भएको छ। यो तथ्याङ्क जेडी डटकमले आफैंले बाहिर ल्याएको हो।

अन्य ब्रान्डहरुले पनि प्रभावकारी व्यापार गरेकोमा एप्पलको आईफोन सबैभन्दा धेरै रकम संकलन गर्न सफल भएको हो।  

ह्वावेपछि चीनमा एप्पलका उत्पादनहरुको माग बढिरहेको छ। सेलको अन्तिम दिन ६१८ ओटा आईफोन बिक्री गर्न सफल भएको थियो।

हायर, माइडिया तथा ग्रीले एक मिनेटमा १० करोड युआन बराबरको तथा सिमेन्स र शाओमीले ३ मिनेटमा १० करोड युआनभन्दा बढीको व्यापार गर्न सफल भएका थिए।

यसै क्रममा सामसङले वार्षिक विक्रीमा २०० प्रतिशतको वृद्धि गरेको छ। यसबाहेक रियलमी र आईकूले शुरुको १५ मिनेटमा वार्षिक वृद्धिदर ६ गुणा बढाएको छ।

साथै एक्टिभ न्वाइज क्यान्सिलेशन इयरफोनको वार्षिक वृद्धि पहिलो १० मिनेटमा २६० प्रतिशतले उकालिएको थियो। कम्पनीले जेडी सुपरमार्केटको वार्षिक कारोबारमा १० गुणाले वृद्धि भएको पनि उल्लेख गरेको छ।   

प्रकाशित: ७ असार २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...