काठमाडौं ।
मोटोरोलाको अहिलेसम्मको सबैभन्दा बलियो स्मार्टफोन मोटोरोला डेफि (Motorola Defy) अनावरण गरिएको छ। यो मोटोरोलाले बुलिट ग्रुपको साथ मिलेर बनाएको रग्ड फोन हो, जसको लागि बुलिट ग्रुपले यसै बर्ष साझेदारी घोषणा गरेका थिए । यो सन् २०१२ पछिको पहिलो डेफि फोन हो ।
मोटोरोलाले दावी गरेको छ कि यो फोन अहिलेसम्मको सबैभन्दा शक्तिशाली र मजबुत स्मार्टफोनमध्ये एक हो। उसको यो स्मार्टफोन मिलिट्री ग्रेड जत्तिकै बलियो भएको बताएको छ ।
कम्पनीले मोटोरोला डेफी आईपी६८ वाटरप्रूफ रेटिंगको साथ शुरू भएको दाबी गरेको छ। कम्पनीका अनुसार मोटोरोला डेफिलाई पानीमा १.५ मिटरको गहिराईमा ३५ मिनेटसम्म राख्दा पनि कुनैहानि गर्दैन् । त्यसैगरि उसको यो स्मार्टफोन ६ फिटको उचाईबाट बारम्बार झर्दा पनि टुट्नेछैन।
मोटोरोला डेफी ६.५ इन्चको एचडी प्लस डिस्प्लेको साथ लन्च गरिएको छ। जसमा कर्निंग गोरिल्ला ग्लास भिक्टसद्धारा सुरक्षित गरिएको छ । यो स्मार्टफोन ४ जीबी र्याम र ६४ जीबी आन्तरिक स्टोरेज तथा डुअल सिम स्लटको साथ आउँदछ। यसको स्टोरेज क्षमता माइक्रोएसडी कार्डको साथ ५१२ जीबीसम्म विस्तार गर्न सकिन्छ। यो स्मार्टफोन क्वालकम स्न्यापड्रागन ६६२ प्रोसेसरमा आधारित रहेर काम गर्दछ।

मोटोरोला डेफि ट्रिपल रियर क्यामरा सेटअपको साथ आउँदैछ। जसमा प्राथमिक क्यामरा ४८ मेगापिक्सल, म्याक्रो क्यामरा २ मेगापिक्सल र २ मेगापिक्सेल डेप्थ सेन्सर दिइएको छ। यस स्मार्टफोनको सेल्फी क्यामरा केवल ८ मेगापिक्सलको रहेको छ। मोटोरोला डेफि फिंगरप्रिन्ट सेन्सरको सुविधाको साथ सुरू गरिएको छ। यो फोनमा ५,००० एमएएचको ब्याट्री २० डब्ल्यू टर्बो पावर चार्जको साथ छ।
यो फोन यूरोप र अफ्रिकी देशहरुमा करिब ३९० अमेरिकी डलरमा उपलब्ध हुनेछ । एजेन्सी
प्रकाशित: ५ असार २०७८, शनिबार